जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मतप्राप्त गरेका छन्। मङ्गलबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा ६१ मत परेको छ ।
एक सय सात सदस्यीय प्रदेशसभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरे पनि यादवलाई बैठकमा उपस्थित सबै ६१ प्रदेशसभा सदस्यको मत प्राप्त भएको हो । जनता समाजवादी पार्टी संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई जसपा, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
गत माघ ८ गते सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभा सदस्यले लगातार तेस्रो पटक नाराबाजीसहित विरोध गरेका थिए ।
दोस्रो पटक बैठकमा तनाव उत्पन्न हुँदा चार लाखभन्दा बढी लागतका सिसी क्यामेरा, माइक तथा टेबलुलगायतका सामग्रीमा क्षति पुगेको सभामुख मण्डलले सभालाई जानकारी दिए ।
पहिलो र दोस्रो पटक विरोध गर्दा केही समयका लागि बैठक स्थगित गरेका सभामुख मण्डले तेस्रो पटक विरोध गर्दा जनमत पार्टी प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवलाई बैठक कक्षबाट बाहिर निकाल्न रुलिङ गुर्नभएको थियो । त्यसपछि जनमतका सबै प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरे।
त्यसैगरी बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै कांग्रेस र प्रमुख प्रतिपक्षीलगायत दलका प्रदेशसभा सदस्यले बहिष्कार गरे पनि बैठक स्थगित नगरिएको जनाउँद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि बैठक बहिष्कार गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...
पौष ११ गते, २०८२ - ०६:५८
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन कुन निकायलाई आचारसंहिता लाग्ला ? ...
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...




प्रतिकृया लेख्नुहोस्: