Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

‘देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन’

खबरडबली संवाददाता

काठमाडौं । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा  पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ  । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् । 

अहिले दिनहुँजसो मिटरब्याजपीडित, सहकारीपीडितका समस्या, किसानका समस्या, उद्योगी–व्यवसायीका समस्या सार्वजनिक भइरहेका छन् । सुशासनको प्रत्याभूति हुनसकेको छैन । सरकारले सेवाप्रवाह सहज रूपमा  गराउन नसकेको जनताले गुनासो गरिरहेका छन् ।
 
मुलुकका लागि अत्यावश्यक कानुन शीघ्र पारित गरेर कार्यान्वयनमा जानुपर्छजस्तो लाग्छ । कतिपय नियमावली पनि संसद्ले नै बनाउने हो तर संसद्भित्रको प्रक्रिया लामो हुने भएकाले एउटा विधेयक पारित गर्न पनि धेरै समय लागेको देखिन्छ । हाम्रो संसद्मा दलीय प्रभाव ठूलो  छ । सांसदहरू पनि स्वतन्त्र हुनसकेका छैनन् । जति भूमिका सांसदको हुनुपर्ने हो त्यति हुन पाएको छैन । 

संसद्मा कुनै पनि दलको अहिले एकल बहुमत छैन । यस्तो अवस्थामा गठबन्धन सरकार बन्नु स्वाभाविक हो । तर एकल बहुमतसहितको सरकार भए त्यो पाँच वर्ष चल्थ्यो, र त्यसले मुलुकको विकास, समृद्धि र स्थायित्व दिन सक्थ्यो । छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ । अघिल्लो सरकारले ल्याएका कतिपय विधेयक अलपत्र पर्ने र नयाँ विधेयक ल्याउन पनि समय लाग्ने अवस्थाले समग्र कानुन निर्माणमा नकारात्मक प्रभाव पारेको स्पष्टै छ । 

अझ सानातिना विषयमा पनि सदन अवरुद्ध गर्ने परिपाटी मौलाएको छ । जनताका सुखदुःखको कुरा उठाउने सम्मानित सदनलाई दलभन्दा माथि उठेर सोच्न र व्यवहार गर्नुपर्छ । संसद् अवरोध नगरी आफ्ना विषयवस्तु राख्ने, सरकारको ध्यानाकर्षण गराउने, दबाब दिने अरु उपायतर्फ विचार गर्नुपर्ने बेला आइसकेको छ ।

अहिले कामको खोजीमा होस् वा अध्ययनका लागि युवाको विदेश पलायन तीव्रगतिमा भइरहेको छ । देशमा केही नै छैन र यहाँ केही पनि हुँदैन भन्ने सोच हाबी भइरहेको छ । सरकारले हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न र नयाँ उद्योगको अवधारणा ल्याएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।

शिक्षामा पनि व्यापक सुधारको खाँचो छ । देशभित्रै सुलभ र सहज रूपमा उच्च अध्ययन गर्न पाउने वातावरण मिलाउन ढिला भइसक्यो । अहिले आफूले रोजेको विषय पढ्न चाहना राख्ने मेधावी विद्यार्थीले पनि भर्ना नै हुन पाउँदैनन् । कतिपय शैक्षिक संस्थामा शुल्क निकै महँगो छ । विश्वविद्यालयमा छिटो काम नहुने, परीक्षाफल ढिलो प्रकाशित गर्ने आदि समस्या वर्षौँदेखि देखिएका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना प्रशस्त छ । विदेशी विद्यार्थीले पनि नेपाली शिक्षण संस्थाबाट शिक्षा लिनसक्ने वातावरण बनाउन सकिन्छ । तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यो पाटोमा भने ध्यान दिन सकिएको छैन ।

मुलुक सङ्घीयतामा गइसकेपछि अहिले तीन तहको सरकार छ । मेरो जोड भनेकै तीनै तहका सरकारले सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने हो । म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छु । त्यहाँ अहिले धेरैजसो खेत बाँझो हुन थालेको छ । कृषिप्रधान देश भन्छौँ नेपाललाई । कृषिमा हामी आत्मनिर्भर कसरी गराउन सक्छौँ भन्ने महत्त्वपूर्ण पाटो हो । हरेक उत्पादनमा रोजगारी जोडिन्छ । 

बेरोजगारीको समस्या समाधान मुखले भनेर हुँदैन । जबसम्म देशमा चाहिने कुरा पूरा हुँदैनन्, पानीबिनाको माछाजस्तै हुन्छ । जस्तै, रोजगारी र खानेकुरा नभई नहुने हुन् । अहिले हामीले ठूला कुरा सोच्नुभन्दा पनि हाम्रो जग कसरी बलियो बनाउने भन्नेमा सोच्नुपर्छ । उत्पादनतिर जोडेनौँ भने हाम्रो जग बलियो हुन सक्दैन । 

दुःखका साथ भन्नुपर्छ, अहिले हाम्रो मुलुकमा भ्रष्टाचार व्याप्त छ । चुहावट छ । किसानले समस्या भोगेकै छन् । समयमा मलखाद पाउँदैनन् । पूर्वाधार धेरै बन्न बाँकी छन् । पूर्वाधार नभई त विकास नै हुँदैन । कैयौँ उद्योग बन्द छन् । खुलेका पनि राम्ररी चल्न सकेका छैनन् । सरकारी अस्पतालमा चाप बढी छ । निजी अस्पतालमा शुल्क महँगो छ । विद्यालयमा पनि त्यही समस्या छ । खेलकुदका लागि मैदान छैन ।
 
अहिले विश्वभर नै आर्थिक मन्दी छ ।  जनताले भोग्नुपरेका महँगी, बेरोजगारीलगायत समस्या समाधानतर्फ वर्तमान सरकारले विशेष ध्यान दिनेमा म आशावादी छु । सबैले साझा सङ्कल्पका साथ मिलेर देश विकासका निम्ति आ–आफ्नो क्षेत्रबाट इमानदार प्रयास गर्नुपर्छ । हामी सबैले जे जानेका छौँ त्यो गरौँ । प्राकृतिक स्रोतले धनी देश हो नेपाल । अहिले नै सोच्यौँ भने भोलिका पुस्ताका लागि काम लाग्छ । हाम्रो एकमात्र उद्देश्य उन्नत राष्ट्र निर्माण हो । जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ । निजी र सहकारी क्षेत्र दुवैले हातेमालो गरेर अघि बढ्नुपर्छ । देश र जनहितका काम गर्न  अब किञ्चित् विलम्ब गर्नु हुँदैन ।
 
एमालेकी सांसद सांसद जुलीकुमारी महतोसँग कुराकानीमा आधारित 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending