काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ ।
अख्तियारले शुरुमा विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो । ‘बाँसबारीको जग्गा गैरकानूनी ढंगले व्यक्ति (निजी कम्पनी)का नाममा दर्ता भएको र त्यो काममा बाँसबारीका तत्कालीन पदाधिकारी सहित चौधरी परिवारका कतिपयको भूमिका रहेको हाम्रो अनुसन्धानबाट देखिएकाे र पत्र पठाउने योजना बनिसकेको अख्तियार स्रोतले बतायाे । यो साताभित्रमा उनलाई बोलाउने तयारी गरेकाेले विनोद र अरुण चौधरीको शुरुमै बयान लिने योजना बनेको स्राेतकाे भनाइ छ ।
२०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी समूहले आफ्नो नाममा ल्याएको थियो । चौधरी समूहले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरले बाँसबारीको जग्गा आफ्नो नाममा सारेको थियो । च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ ।
जग्गा अनियमितता प्रकरण सतहमा आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - ०९:०७
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...
श्रावण २९ गते, २०८३ - ०८:५७
जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...
श्रावण २९ गते, २०८३ - ०८:५१
पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...



प्रतिकृया लेख्नुहोस्: