Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

नेपाल र कतार आज खेल्दै

खबरडबली संवाददाता

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान(१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउनेक्रममा २६ रनले पराजित भएको थियो । नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९।२ ओभरमा पूरा गरेको थियो ।

नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।

उता कतारका कप्तान मोहम्मद तनवीर प्रमुख हतियार हुन् । उच्च लयमा रहेका तनवीरको विकेट समयमै लिन आवश्यक देखिन्छ । कतारको शीर्षक्रम ब्याटिङ मजबुत छ ।

नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई खेल भएको छ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । १० टोली सहभागी यस प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

४ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ करिब ४ घण्टा बन्द भएपछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलमा साँझ साढे ५ बजे ‘एयर फिल्ड लाइटिङ’ प्...

४५ वर्ष निःस्वार्थ सेवापछि ‘रीत्तो हात’ केशव दाइकाे बिदाई

पाल्पा । पश्चिमी पाल्पाको भैरव नमुना माध्यमिक विद्यालयले आफ्नो दीर्घकालीन सहयोगी, केश बहादुर कुमाल दाइलाई चार दशकभन्दा बढी समय विद्यालयका लागि निःस्वा...

हिमालय क्षेत्रमा सञ्चार साझेदारी र सामाजिक विकासमा जोड: काठमाडौंमा तेस्रो परा-हिमालय संगोष्ठी सम्पन्न

काठमाडौं । हिमालय क्षेत्रका देशहरूमा प्रभावकारी सञ्चार र सामाजिक विकासका उपायहरूमा छलफल गर्न तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक संगोष्ठी काठमाडौंमा ...

कलंकी मन्दिरमा स्वास्थ्य शिविर र रक्तदानः धर्म र जनसेवा एकै ठाउँमा

काठमाडौं ।राजधानीको कलंकी मन्दिर परिसर शनिबार बिहानदेखि असामान्य चहलपहलपूर्ण देखिन्थ्यो। मन्दिर प्राङ्गणमा विभिन्न उमेरका नागरिक स्वास्थ्य परीक्षणका ल...

माओवादी र जनमत विवादः मधेशमा निम्तियाे अस्थिरता

जनकपुरधाम ।  मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनलको २५ दिनको सरकार ढल्दा, प्रदेशीय राजनीति पुनः अस्थिर अवस्थामा पुगेको छ। तर यो केवल सरकार ढल्नुको ...

बहुविवाह प्रकरणमा एमाले नेता पासाङ शेर्पा पक्राउ, ओलीको पुरानो अडान फेरि विवादमा

मुद्दा सामान्य ठान्न ओलीकाे आग्रह “बहुविवाह त सुवास नेम्वाङले पनि गर्नुभयो नि”

धावनमार्गको लाइट बिग्रँदा काठमाडौं विमानस्थलमा ‘भद्रगोल’ — विमानहरू आकाशमै होल्डमा

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘रनवे लाइटिङ सिस्टम’मा समस्या आउँदा शुक्रबार बिहानदेखिनै विमान उडान र अवतरण पूर्णरू...

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी...

निर्वाचनपछि मात्रै महाधिवेशनः रास्वपामा रणनीतिक स्थिरता वा नेतृत्वको डर ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन फेरि एकपटक स्थगित गर्दै प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ...

काठमाडौं आकाश आज ‘नो–फ्लाई जोन’ बन्दा आकाशमा फन्को मार्दै विमान

फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट, आन्तरिक उडानहरू स्थगित

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending