Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा सङ्गीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उनले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई निःशुल्क सङ्गीत पढाइरहेका छन् ।   

 “गीतसङ्गीत त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो । हामीले कक्षामा अङ्ग्रेजी बोल्न दिदैनौँ । यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ । विगतमा नेपाली भाषाकै लागि त्यहाँ आइपुग्नेले अहिले गीत, सङ्गीतमै आफ्नो भविष्य देख्न थालिसकेका छन् । यो हाम्रा लागि ठूलो खुसीको कुरा पनि हो”, गायक पौडेलले भने । 

अमेरिकाको ओहायो सहरमा उहाँले गीतसङ्गीतको कक्षा सञ्चालन गरिरहनुभएको छ भने उनका अरु साथीहरुले नृत्य र यससँगै भाषाको पनि कक्षा सञ्चालन गरिरहेका छन् । उनका अनुसार सात सहरमा रहेका यस्ता कक्षाले नेपालीलाई आकर्षित पनि गरिरहेको छ । सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका नेपालीहरु कक्षामा सहभागी छन् । उनीहरुले समय व्यवस्थापन गरेका छन् र निकै चाखसित नेपाली गीतसङ्गीतमा रमाएका छन् ।

गीतसङ्गीत मन नपराउने मानिस कमै होलान् । अधिकांशलाई त गीत गाउने, बाजा बजाउने सोख नै हुन्छ, जुन स्वाभाविक पनि हो । अमेरिकास्थित संस्था इन्ट्रा फाउन्डेसनको व्यवस्थापनमा ओहायोमा रहेका नेपालीको यो सङ्गीत कक्षा हेर्दा सहभागीहरु नेपालमा अधुरा रहेका सपना अमेरिकामा पूरा गर्ने अवसरका लागि तल्लीन देखिन्छन् । यहाँ समय नभएर या आर्थिक आदि कारणले आफ्नो गीतसङ्गीतको भोक मेटाउन नसकेकाहरुले अहिले यसमा लागिपरेका छन्, भन्छन् पौडेल ।

 “प्रवासमा आएर आफ्नो सपना पूरा गर्ने काममा अगाडि बढ्न पाउँदा सहभागीहरु खुसी मात्र हुनुहुन्न, उहाँहरु यस क्षेत्रको भविष्य पनि देख्ने गर्नुभएको छ । यी कक्षाका विद्यार्थीले गीतसङ्गीतमा आफूहरु लाग्ने तयारी नै थाल्नुभएको छ । म पनि प्रवासमा आएर आफ्नै पेसाको काममा लाग्न पाउँदा उहाँहरुभन्दा कम खुसी छैन, निकै नै उत्साहित छु”, गायक पौडेलले भने ।  नेपालमा आफ्ना दुईसहित फुटकररुपमा तयार गरिएका २५ गीतिसङ्ग्रहमा स्वर र सङ्गीत दिइसक्नुभएका गायक पौडेल अमेरिका पुगेर प्राविधिक शिक्षातर्फ आकर्षित भए । विसं २०७६ मा अमेरिका पुगेपछि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस महामारीले केही समय विश्राम लिनु परे पनि पनि गायक पौडेल पछि इन्ट्रा फाउन्डेसनसँग जोडिनुभयो र त्यसयता सङ्गीत सिकाउने शिक्षकका रुपमा कार्यरत छन् ।

“म सङ्गीतबाट टाढिन नसकेका सन्दर्भमा त्यही काम पाएँ । प्रवासमा आएर सङ्गीत नै सिकाउन पाउँदाको खुसीलाई साधारण शब्दमा मात्र व्यक्त गर्न म सक्दिन । अहिले यो सामान्य सुनिए पनि केही वर्षपछि यसको नतिजा देखिनेछ कि यसबाट अमेरिकामा पनि धेरै नेपाली कलाकार उत्पादन हुनेछन् र आफ्ना प्रतिभा प्रस्फुटन गरेर देखाउने छन्”, उनले भने ।

रेडियो नेपालमा विसं २०६० मा बालगीत, २०६१ मा उपत्यकाव्यापी बालगीत प्रतियोगिता, २०६६ र ६७ मा जागरण गीत, २०७० मा आधुनिक गीतमा उत्कृष्ट हुनुभएका गायक पौडेले देश छाडेर पनि सङ्गीत छाड्न सकेका छैनन् । उनले पछिल्लो तीन वर्षमा तीसको हाराहारीमा गीत तयार गर्नुभएको छ । नेपाल आउँदा प्रायः गीत लिएर नै आउने गरेका छन् उनी ।

विविधि कारणले प्रवास जानु परे पनि गीतसङ्गीतप्रतिको आफ्नो सक्रियतालाई उहाँले घट्न दिनुभएको छैन । यतिखेर पनि उनले १० वटा गीत लिएर आएका थिए  । तर, गीतिसङ्ग्रह नभई एक÷एक गीत सार्वजनिक गर्ने योजना उनले बनाएका छन् । 

गायक पौडेल आफू गीतसङ्गीतमा निरन्तर सक्रिय रहने योजनाअनुरुप नै अघि बढेका छन् । नेपालमा रहँदा नै गीतसङ्गीतमा सक्रिय गायक पौडेलले अमेरिकामा रहेका नेपालीलाई दैनिक तीन कक्षामार्फत नेपाली गीतसङ्गीतप्रति आकर्षित गरिरहेका छन् ।

नेपाली गीतसङ्गीतप्रतिको यो मोह र लगावबाट उनले यस क्षेत्रलाई योगदान त दिएका छन् । यसका अतिरिक्त उनले पछिल्लो समय नेपाली सङ्गीत उद्योगलाई पनि टेवा दिन थालेका छन् । किनभने उनी हरेक वर्ष गीत रेकर्डिङ तथा उत्पादनका लागि नेपालमा आउने गरेका छन् । उनले यस वर्ष यहाँ आएर ३० वटा गीत उत्पादन गरे । यो उनको नियमित कार्यक्रम जस्तै बनेको छ ।  नेपालीहरुले अमेरिकामा गीत या म्युजिक भिडियो उत्पादन गर्न महँगो पर्ने गर्दछ । साथै कतिपय कलाकार यसैका लागि नेपालमै आउने अवसर प्राप्त नगर्न पनि सक्छन् । कलाकारहरुले मान्ने गरेको यो झन्झटलाई गायक पौडेलले दुर गरिदिएका छन् ।

यसबाट सुरुमा सानो ‘भोल्युम’ मा भए पनि नेपाली गीतसङ्गीत उद्योगले व्यवसाय प्राप्त गर्न सकेको छ भन्न सकिन्छ । गायक पौडेलले अमेरिकामा रहेका नेपालीको गीतसङ्गीत उत्पादनको चाहलाई नेपालमा ल्याएर साकार पारिदिने र यहाँको ‘म्युजिक इन्डस्ट्री’ लाई थोरै भए पनि ‘बिजनेस’ दिने योजना निरन्तर नै रहने योजना बनाएका छन् ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending