Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

१५ दिनभित्र कर्मचारीको तलब दिलाउने मेयर खातुनको अर्काे प्रतिवद्धता, नगरको ताला खुल्यो

खबरडबली संवाददाता

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी मेयर अम्बेया खातुनले कर्मचारीको बक्यौता तलब १५ दिनभित्र उपलब्ध गराउने फेरी प्रतिवद्धता जनाएकी छन्। खातुनको प्रतिवद्धता पछी दुईसाता अघी कर्मचारीले लगाएको ताला शुक्रवार दुईपक्षीय सहमती हुँदा खुल्ला गरिएको छ।

ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको प्राङ्गणमा शुक्रवार जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकमा कार्यवाहक मेयर अम्बेया खातुनले १५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने प्रतिवद्धता जनाएपछि सहमती भएको थियो।

आजको मितिले १५ दिनभित्र नगरभरिका सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने मेयर खातुनले प्रतिवद्धता जनाए लगत्तै कर्मचारीले नगरपालिकाको साँचो मेयरका श्रीमान महमद सेराजको जिम्मा लगाएका थिए। महमद सेराजले शुक्रवार साँझ कर्मचारी र प्रहरीको रोहवरमा फतुवा विजयपुर नगरपालिकाको ताला खुला गरेको प्रहरीले जनाएको छ।

दुईपक्षीय बैठकमा मेयर अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत वकील पाल, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिजय कार्की, नगर स्वास्थ संयोजक प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो। जनप्रतिनिधि बिच आपसी विवादको कारण यस आर्थिक वर्षको साउन देखि हालसम्म तलब पाउन नसकेका कर्मचारीहरुले दुईसाता अघी फतुवा बिजयपुर नगरपालिकामा तालाबन्दी गरेर साँचो सिडियो हिरालाल रेग्मीको हातमा बुझाएका थिए।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको फतुवा बिजयपुर बाट सरुवा भएसंगै नया अधिकृत पाल र मेयर खातुन चारदिन अघी नगरपालिकाको साँचो सिडियो रेग्मीको हातबाट बुझेका थिए। फतुवा विजयपुरमा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण सम्पूर्ण आर्थिक कारोवार बन्द भएर त्यहाँको शिक्षक कर्मचारी गरी ३५० जनाले साउन देखि हालसम्म तलब पाएका छैनन्।

तलबको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका शिक्षकहरूको तलब होलिपर्व लगत्तै उपलब्ध गराउने प्रदेश सांसद तथा नेपाली कांग्रेस रौतहटका सभापती सुनिल कुमार यादव  जितेन्द्र को पहलमा सहमती भएको थियो।

तर उक्त सहमती हालसम्म कार्वान्यान भएको छैन। यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र वडा अध्यक्षहरुको मिलोमतोमा वडाको विकासको सिलिङ बढाएको भन्दै मेयर खातुनले कोलेनिकामा सहमती नगर्दा शिक्षक कर्मचारीको तलब हालसम्म निकासा भएको छैन। मेयर खातुनको पहलमा केहीदिन अघिमात्र प्रमुख प्रशासकीय अधिकृत प्रधानको स्थानमा वकील पाल लाई ल्याईएको छ। उता फतुवा बिजयपुरका वडा अध्यक्षहरु आरोपको खण्डन गर्दै मेयर खातुनकै कारण नगरको अवस्था दयनिय भएको दाबी गर्दै आएका छन्।

नेपाली कांग्रेसको टिकटबाट निर्वाचित फतुवा विजयपुरको तत्कालीन मेयर गोपाल राय यादव लालबकैया नदीको टेण्डरमा अख्तियार द्वारा दोषी ठहर भएर गत वर्ष पद गुमाएपछि कांग्रेस कै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहीको जिम्मेवारी पाएकी थिइन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending