सप्तरी । सप्तरीको छिन्नमस्ता गाउपालिका ७ की १५ वर्षिया दिपा यादवको भारतमा भएको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धानका लागी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ निवासी ३० वर्षिय कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
भारतबाट घर फर्केको बेला गाउँबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । दिपाको गत मंसिर ३० गते भारतको राजधानी नयाँ दिल्लीमा रहस्यमय मृत्यु भएको थियो । उनको मृत शरिर दिल्ली स्थित लाजपतनगरमा एउटा कोठामा दिल्ली प्रहरीले वरामद गरेको थियो । उक्त कोठा भाडामा लिई वस्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का रोशन मण्डललाई सोही दिन दिल्ली प्रहरीले पक्राउ गरी अनसन्धान गरिरहेको छ ।
पछिल्लो पटक नेपाल प्रहरीले पक्राउ गरेका कृष्ण उनकै साथी हुन । दीपा वेपत्ता भएकै दिन देखि लगातार रोशन र कृष्ण फोन सम्पर्कमा रहेको कृष्णले बोकेको मोबाइल कल डिटेलबाट देखिएको बताइएको छ । रोशनका आफन्तले दीपा र रोशनबीच प्रेम सम्बन्ध रहेको र सोही क्रममा दीपा स्वेच्छाले दिल्ली भागी प्रेम विवाह गरेको दाबी गर्दै आएका छन् ।
दिल्ली वसाई कै क्रममा गत मंसिर ३० गते दुबै बीच समान्य विवाद हुदा आवेशमा आई दीपाले झुण्डिएर आत्महत्या गरेको समेत रोशनका अभिभावकहरुले बताउँदै आएका छन् । तर, दिपाका अभिभावकले त्यो आत्महत्या न भई हत्या नै भएको दाबी गर्दै आएको छ ।
राजविराज ७ स्थित रोजपब्लिक स्कुलबाट गत वर्ष माध्यमिक शिक्षा परिक्षा ९एसइइ० दिएकी १५ वर्षिय दीपाको गत जेठ २० गते रोशन र कृष्ण सहित मोटर साईकलमा चढी आएका ४ जना युवाले अपहरण गरी लगेको मामा चन्द्र शेखरले बताउँदै आएका छन ।
सो ’दयगत ४ जना विरुद्ध मामा चन्द्र शेखरले जिल्ला प्रहरी कार्यालयमा प्रथम पटक अपहरण, शरिर बन्धक, जबरजस्ती करणी र मानव वेच विखन कसुरमा जाहेरी दिएका थिए । तर भान्जीको मृत्यु भए पश्चात उनले ती चारै जना विरुद्ध कतब्र्य ज्यान मुदा चलाउन समेत उजुरी दिएका छन् ।
प्रहरीले सो उजुरी दर्ता गर्न आलटाल गरेपछि दीपाका अभिभावहरुले न्याय खोज्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका थिए ।
सो रिट उपर सुनवाई गर्दै न्यायधिश मुनेन्द्र प्रसाद अवस्थी र विमल सुवेदीको संयुक्त इजलाशले २०८० असोज १२ गते परमादेश जारी गरेको थियो । परमादेश पछि प्रहरीले सक्रियता देखाउदै आरोपीलाई पक्राउ गर्न थालेको हो । नाबालिकालाई अपहरण गरी हत्या गरिएको भन्दै दीपाका आफन्तले रोशन र कृष्ण संगै डाक्नेश्वरी नगरपालिका ६ का सूर्य नारायण मण्डल र सकुन्तला देवी मण्डल विरुद्ध पनि प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: