Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

दिपा मृत्यु प्रकरणका थप एक आरोपी सप्तरीबाट पक्राउ

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउपालिका ७ की १५ वर्षिया दिपा यादवको भारतमा भएको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धानका लागी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ निवासी ३० वर्षिय कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ । 

भारतबाट घर फर्केको बेला गाउँबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।  दिपाको गत मंसिर ३० गते भारतको राजधानी नयाँ दिल्लीमा रहस्यमय मृत्यु भएको थियो । उनको मृत शरिर दिल्ली स्थित लाजपतनगरमा एउटा कोठामा दिल्ली प्रहरीले वरामद गरेको थियो । उक्त कोठा भाडामा लिई वस्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का रोशन मण्डललाई सोही दिन दिल्ली प्रहरीले पक्राउ गरी अनसन्धान गरिरहेको छ ।

पछिल्लो पटक नेपाल प्रहरीले पक्राउ गरेका कृष्ण उनकै साथी हुन । दीपा वेपत्ता भएकै दिन देखि लगातार रोशन र कृष्ण फोन सम्पर्कमा रहेको कृष्णले बोकेको मोबाइल कल डिटेलबाट देखिएको बताइएको छ । रोशनका आफन्तले दीपा र रोशनबीच प्रेम सम्बन्ध रहेको र सोही क्रममा दीपा स्वेच्छाले दिल्ली भागी प्रेम विवाह गरेको दाबी गर्दै आएका छन् ।

दिल्ली वसाई कै क्रममा गत मंसिर ३० गते दुबै बीच समान्य विवाद हुदा आवेशमा आई दीपाले झुण्डिएर आत्महत्या गरेको समेत रोशनका अभिभावकहरुले बताउँदै आएका छन् । तर, दिपाका अभिभावकले त्यो आत्महत्या न भई हत्या नै भएको दाबी गर्दै आएको छ ।

राजविराज ७ स्थित रोजपब्लिक स्कुलबाट गत वर्ष माध्यमिक शिक्षा परिक्षा ९एसइइ० दिएकी १५ वर्षिय दीपाको गत जेठ २० गते रोशन र कृष्ण सहित मोटर साईकलमा चढी आएका ४ जना युवाले अपहरण गरी लगेको मामा चन्द्र शेखरले बताउँदै आएका छन ।

सो ’दयगत ४ जना विरुद्ध मामा चन्द्र शेखरले जिल्ला प्रहरी कार्यालयमा प्रथम पटक अपहरण, शरिर बन्धक, जबरजस्ती करणी र मानव वेच विखन कसुरमा जाहेरी दिएका थिए । तर भान्जीको मृत्यु भए पश्चात उनले ती चारै जना विरुद्ध कतब्र्य ज्यान मुदा चलाउन समेत उजुरी दिएका छन् ।

प्रहरीले सो उजुरी दर्ता गर्न आलटाल गरेपछि दीपाका अभिभावहरुले न्याय खोज्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका थिए ।

सो रिट उपर सुनवाई गर्दै न्यायधिश मुनेन्द्र प्रसाद अवस्थी र विमल सुवेदीको संयुक्त इजलाशले २०८० असोज १२ गते परमादेश जारी गरेको थियो । परमादेश पछि प्रहरीले सक्रियता देखाउदै आरोपीलाई पक्राउ गर्न थालेको हो । नाबालिकालाई अपहरण गरी हत्या गरिएको भन्दै दीपाका आफन्तले रोशन र कृष्ण संगै डाक्नेश्वरी नगरपालिका ६ का सूर्य नारायण मण्डल र सकुन्तला देवी मण्डल विरुद्ध पनि प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending