सुर्खेत । सत्ता साझेदार दलहरुको बीचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतिक इच्छुक शर्माले जानकारी दिए ।
सत्ता साझेदार माओवादी र एमालेको बीचमा ठोस सहमति नहुँदै कांग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुबैको दाबी कार्यमै रहेको छ ।
यो समाचार तयार पर्दा सम्म कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका रुपमा रहेको कर्णालीमा एमाललेलाई पहिलो चरणमा मुख्यमन्त्री दिन नसक्ने उनको भनाई छ । एमालेका साथीहरुले पहिला पनि विश्वासको मत दिनुभएको हो , अहिले पनि सोही आधारमा तिनै मन्त्रालय लिएर जादा राम्रो हुने हो उनले भने । कर्णालीका मुख्यमन्त्री शर्मा नेकपा ९ माओवादी केन्द्र०का उपमहासचिव जनार्दश शर्मा निकट मानिन्छन् । त्यसैले पनि जर्नादनले माओवादीको पदाधिकारीको बैठकमा समेत कर्णाली माओवादीले नै लिनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई समय ,समयमा धम्क्याउने र फरक विचार राख्न खप्पिस जर्नादनको यो पटकको सुत्रले काम गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी रहेको छ ।
अर्का उपमहासचिव तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले यो विषयमा खोलेका छैनन् । हत्तपत्त नबोल्ने , यदि बोल्नै परे हिसाब गरेर बोल्ने बस्नेत प्रदेशको भागबण्डाका विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको देखिदैन । गुट निर्माणमा ध्यान नदिने बस्नेत सबैलाई हुन्छ भनेर मात्र जवाफ दिने गर्दछन् । एमालेका यूवा नेता विष्णु रिजालले कुनै पनि हालतमा एमालले कर्णालीको नेतृत्व लिन पाउनुपर्ने बताएका छन् । हामी ठुलो दल भएर पनि केन्द्रमा माओवादीलाई दिएका छौँ भने कर्णालीमा हामी तेस्रो दल भएपनि कर्णालीमा पहिलो नेतृत्व गर्न पाउनुपर्ने उनको भनाई छ ।
कर्णालीको माओवादी समेत दुइ भागमा बिभाजन भएको देखिन्छ । मुख्यमन्त्री शर्माले काम गर्न नसकेको , कर्मचारी परिचालनमा फेल भएको भन्दै पार्टी तथा संसदीय दलको बैठकमा समय ,समयमा चर्को अलोचना हुने गर्दछ । शर्मा सरकारको नेतृत्वमा रहेका केही मन्त्रीहरु पुरै गुमनाम नै रहेको भन्दै जागिर खाना मात्र सरकारका मन्त्री भएको आरोप समेत लाग्ने गरेको छ । बजेट कार्यान्वनमा समेत कम्जोर मात्र होइन , भूकम्पको समयमा समेत प्रभावहिन रहेको भन्दै कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्य राजिव विक्रम शाहले केही दिन अघि सरकारको जवाफ माग समेत गरेका थिए । एमालेबाट मुख्यमन्त्रीका दाबेदार यामलाल कडेलले मुख्यमन्त्री जसरी नि बन्नुपर्ने भन्दै कम्मर कसेर लागेको पाइएको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वन्ध राम्रो नभएको चर्चा हुने कँडेलको यो पटक मुख्यमन्त्री बन्नका लगि कसरी राजनीतिकको कोर्ष अगाडी बढ्छ हेर्न भने बाँकी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...
पौष ५ गते, २०८२ - १३:००
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...
पौष ५ गते, २०८२ - १२:३८
वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...
पौष ५ गते, २०८२ - १२:१७
बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...
पौष ५ गते, २०८२ - १२:०८
लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...
पौष ५ गते, २०८२ - ११:५८
सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...




प्रतिकृया लेख्नुहोस्: