Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

आर्यघाटमा दागबत्ती दिए, काजक्रिया गर्न नपाउँदै परिवारका ६ त्रिशूलीमा बिलाए

खबरडबली संवाददाता

गोरखा । पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुँदै थियो। मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए। सबैको चेहरा जमिनमुखी थियो। केही प्रौढ महिलाहरू मृतकको घर गोरखा नगरपालिका— ७ पौवाखेतमा भेला भएका थिए। 

उनीहरू मृतक ३९ वर्षका शंकर रोकाकी श्रीमती बबिता रोकाको वरिपरि बसिरहेका थिए। कोही कसैसँग बोल्ने अवस्थामा थिएनन्। हेर्दा १५, १६ जना महिलाहरू त्यहाँ देखिन्थे, तर कोही कसैसँग नबोल्दा सन्नाटा छाएको थियो। कसैको नजर कसैसँग जुधिरहेको थिएन। मौनतामा कोही जमिनतिर, कोही आकाशतिर, कोही बेपर्बाह यताउति नजर डुलाइरहेका देखिन्थे। 

लाग्थ्यो, उनीहरूको पीडामा आकाश पनि रोएको छ। सिमसिम पानी परिरहेको छ। बादल धुम्म छ। बिहान ५ बजे काठमाडौंबाट ट्याक्सीमा गोरखा आइरहेका एकै परिवारका ६ जना त्रिशूलीमा खसेको खबर सुनेदेखि झर्न थालेको आँसु दिनभर बगेर सकिएझै देखिन्थ्यो। परिवारको पाँचै जनाको मृत्युपछि जीवित सदस्य शंकरकै समउमेरकी बबितामात्र थिइन्। 

उनको साथ र सहयोगमा बसेका सबैको आँसु सुकेर थाकेका मुहार उदास थियो, ओठ कलेँटी परेको। कपाल रातो मजेत्रोले बेरे पनि पहिरनमा कसैको ध्यान थिएन। 

ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु र एकजना बेपत्ता भएपछि पौवाखेत असीम पीडाको दहमा डुबेको छ।

एक वर्षदेखि क्यान्सरबाट ग्रसित भएका गोरखा नगरपालिका— ७ पौवाखेतका ३९ वर्षका शंकर रोकाको शुक्रबार साँझ काठमाडौंको अस्पतालमा मृत्यु भयो। आर्यघाटमा दाहसंस्कार गर्न उनका छरछिमेक माइक्रो रिजर्भ गरेर शुक्रबार साँझतिरै काठमाडौंका लागि हिँडे। दाहसंस्कार गरेर फर्कने क्रममा बा २ ज ४१९६ नम्बरको ट्याक्सी पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूलीमा खस्दा त्यसमा सवार मृतकका एकाघरका पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

मृतक शंकरकी आमा ७० वर्षकी जूनकीरी रोका, उनकी छोरी गोरखा नगरपालिका—४ की हरिमाया रोका (उपरकोटी), नाति ८ वर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका— ७ बतासेका अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भयो। 

बुवा शंकरलाई दागबत्ती दिएर फर्केका छोरा १८ वर्षका विवश रोका त्रिशूलीमा बेपत्ता भएको आफन्त विष्णु मग्रातीले जानकारी दिए।

शंकरका बुवा दिलबहादुर रोकाको यसअघि नै मृत्यु भइसकेकाले अब सो परिवारमा बबिता मात्र बाँकी रहेकी उनले बताए। 

त्रिशूलीमा खसेपछि चालकले फोनमा भने, ‘दाइ, डुब्न लागें, बचाउनुस्’ शंकरलाई व्यथाले सिकिस्त पार्दै गएको खबर पाएपछि मृतकका आमा, दिदीबहिनीहरू अघिल्लो दिन बिहीबारै काठमाडौं पुगेका थिए। छोरा विवश र श्रीमती पहिल्यैदेखि उनको सेवा सुश्रुषमा थिए। शुक्रबार साँझ उनको मृत्युको खबर पाएपछि छरछिमेकहरू पनि दाहसंस्कारका लागि माइक्रो रिजर्भ गरी राति १२ बजे काठमाडौं पुगे। दाहसंस्कार सकी बिहान ३ बजे दुईवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौंबाट गोरखाका लागि हिँडे।

एकाघरका ६ जना सवार एउटा ट्याक्सी अर्जुन सिर्मलले चलाएका थिए, अर्को प्रकाश रोकाले। अर्जुन मृतक शंकरका ज्वाइँ हुन्। प्रकाशचाहिँ अर्जुनका जेठान हुन्। 

‘मेरो ट्याक्सीमा ज्वाइँ (अर्जुन)को बूढी, भाञ्जी, भाइको छोरी र क्यान्सर लागेर बित्ने दाइको बूढी हुनुहुन्थ्यो,’ प्रकाशले भने, ‘ज्वाइँ (अर्जुन)ले चलाउनुभएको ट्याक्सीमा क्यान्सरबाट बित्नुभएका दाइको आमा, छोरा, जेठीदिदी, भाञ्जा, माइला ज्वाइँ र कान्छी बहिनी चढ्नु भएको थियो।’ बिहान ४ बजे सबै चरौंदी आइपुगेर सँगै चिया नास्ता गरेको उनले बताए। 

‘त्यहाँबाट म उछिनेर अगाडि लागेँ। बाटोमा अर्जुन ज्वाइँले फोन गरेर बाबुलाई खुवाउन स्याउ किन्नुप¥यो, मुग्लिनमा एकछिन गाडी रोक्नु है भन्नुभयो,’ प्रकाशले भने। प्रकाश मुग्लिन आएर पर्खिरहे। छरछिमेक, आफन्तहरू चढेको माइक्रो आयो र उछिनेर गयो। तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन। ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाइँलाई दुई पटकसम्म फोन गरे तर उठेन’, प्रकाशले भने, ‘पछि उतैबाट फोन आयो। फोन उठाउँदा एक्कासि दाइ म डुब्न लागे मलाई बचाउनुहोस् भन्दै अत्तालिँदै बोल्नुभयो।’ बिहान ५ बजेर ६ मिनेट जाँदा फोन आएको उनले बताए। 

लोकेसन भन्नुस् भन्दै प्रकाशले बारम्बार सोधिरहे। तर उताबाट ‘म डुब्न लागे बचाउनुस्’ भन्ने उही वाक्य मात्र दोहोरिरह्यो। आवाज सानो हुँदै गयो। त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटार फर्किए। 

त्यसपछि उनले माइक्रोमा रहेका आफन्तलाई फोन गरे, त्यतिबेला माइक्रो गोरखा नगरपालिका १३ मझुवा कटिसकेको थियो। ‘माइक्रोले उहाँहरूलाई मझिमटारमा ओभरटेक गरेको भन्ने थाहा पाएँ। त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सीधै मझिमटार गयौं’ प्रकाशले भने, ‘माइक्रो पनि फर्कियो। मझिमटारबाट खोज्दै कुरिनटारसम्म आयौं, तर कहीँ कतै भेटिएन।’ नभेटिएपछि प्रहरीलाई खबर गरे। उनीहरू कुरिनटारमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गरे। प्रहरीको खोजतलासबाट बिहान ७ बजे ट्याक्सी दुर्घटना भएको पत्ता लागेको थियो। 

दुर्घटनामा परेर मृत्यु भएका पाँचै जनाको शव शनिबार गोरखा अस्पताल ल्याएर पोस्टमार्टम गरिएको छ। एकजनाको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रमेश श्रेष्ठले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending