Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापा १७ वर्षीय सबिन बाँस्कोटालाई

खबरडबली संवाददाता

झापा । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।

आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी बैशाख ४ गते डा.रुइतलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिए । समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्न पुरस्कार वितरण गर्न लागिएको उनले बताए  ।

यस्तै, यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिने भएको छ । उनलाई एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित सम्मान गरिनेछ ।

तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय आविष्कारक उहाँले मिनी एरोप्लेन, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गरेका छन् । उनलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गर्न लागिएको प्रतिष्ठानका सचिव नारायणप्रसाद ओलीले बताए । उक्त सम्मान समारोहमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्य रहने छ ।

को हुन् डा. रुइत

आँखाका विश्व प्रख्यात डाक्टरसन्दुक रुइतको जन्म विसं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट भएको हो । उहाँले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गरेका छन् ।

रमन म्याग्सेसे पुरस्कार सन् २००६, पद्मश्री (भारत सरकारद्वारा) सन् २०१८, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) सन् २०१९, ईसा पुरस्कार (बहराइनको राजाद्वारा) सन् २०२३, थाइल्यान्डको प्रिन्स महिडोल र रिडर्स डाइजेस्टको एसियाली युवा पुरस्कार, अल्बर्ट आइन्स्टाइन फाउन्डेसन ग्लोबल भिजनरी अवार्ड, वल्र्ड इकोनोमिक फोरमको सोसल इन्टरप्रेनरसिप अवार्ड, भुटानको नेशनल अवार्ड लगायत कैयौं पुरस्कार पाउने डा. सन्दुक रुइतले आफ्नै हातले एक लाखभन्दा बढी मानिसको मोतियाबिन्दु शल्यक्रिया गरेका छन् ।

सामाजिक कार्यमा प्रतिष्ठान
प्रतिष्ठानले सम्मानसँगै सामाजिक कार्यलाई समेत प्राथमिकताका साथ गर्दै आएको छ । सामाजिक कार्य अन्तरगत डा. भगवान कोइरालाको संयोजनमा दमकस्थित आधुनिक बाल अस्पताल निर्माणका लागि रू पाँच लाख, ९८ जना हातखुट्टाविहीनहरुलाई कृतिम हातखुट्टा वितरणका लागि नारायणि सेवा संस्थान उदयपुर भारतको सहयोगमा ब्रमाण्ड अपांग सहकारी बाहुनडाँगीलाई एक लाख ७३ हजार प्रदान गरेको छ ।

यसै वर्ष झापाका पाँच विद्यालयका ३०० जना विद्यार्थीलाई स्वीटर, जुत्ता–मोजा वितरण गरेको छ । भ्रष्टाचार विरोधी अभियान अन्तरगत झापाको शिवसताक्षीमा अन्तरक्रिया गरिएको छ भने भद्रपुरको सारदा आधारभूत विद्यालयमा खानेपानी ट्यांकी निर्माण भइरहेको छ ।

त्यस्तै, कोशी प्रदेश र विदेशमा रही नेपाली साहित्यको विकासमा क्रियाशील साहित्कारहरूबाट छनोट गरी १ जनालाई श्रीप्रसाद ओली साहित्य पुरस्कार र सम्मान गर्न लेखनाथ पुस्तकालय चन्द्रगढीलाई  ६० हजार प्रत्येक वर्ष दिँदै आएकोमा छ । सोही क्रममा यस वर्ष मोरङ उर्लाबारीकी साहित्यकार मिश्र बैजयन्तिलाई  ५१ हजार १११ रुपैयाँ पुरस्कार राशीको उक्त पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, ओली वंशको उत्थानका लागि अनुकरणीय कार्य गरेवापत ओली वंश अक्षयकोष काठमाडौंमार्फत ३० हजार रुपैयाँ पुरस्कार राशीको श्रीप्रसाद अम्बिका देबी ओली उत्कृष्ट समाजसेवा पुरस्कारबाट यो वर्ष सुर्खेतका सुरेशकुमार ओलीलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओलीले सामाज रुपान्तरणका लागि गरिने यस प्रकारको कार्यक्रमले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

कार्यक्रममा लेखनाथ पुस्तकालय चन्द्रगढीका संस्थापक अध्यक्ष नवराज घिमिरे, वर्तमान अध्यक्ष कृष्णसुवेदी निराकार, श्रीकृष्ण द्वैपायन गुरुकूलका संस्थापक अध्यक्ष गणेशप्रसाद भट्टराई, अध्यक्ष रेमनाथ चुडाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, प्रतिष्ठानका पदाधिकारी तथा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको  लगायतको आतिथ्य रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending