Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापा १७ वर्षीय सबिन बाँस्कोटालाई

खबरडबली संवाददाता

झापा । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।

आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी बैशाख ४ गते डा.रुइतलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिए । समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्न पुरस्कार वितरण गर्न लागिएको उनले बताए  ।

यस्तै, यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिने भएको छ । उनलाई एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित सम्मान गरिनेछ ।

तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय आविष्कारक उहाँले मिनी एरोप्लेन, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गरेका छन् । उनलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गर्न लागिएको प्रतिष्ठानका सचिव नारायणप्रसाद ओलीले बताए । उक्त सम्मान समारोहमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्य रहने छ ।

को हुन् डा. रुइत

आँखाका विश्व प्रख्यात डाक्टरसन्दुक रुइतको जन्म विसं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट भएको हो । उहाँले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गरेका छन् ।

रमन म्याग्सेसे पुरस्कार सन् २००६, पद्मश्री (भारत सरकारद्वारा) सन् २०१८, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) सन् २०१९, ईसा पुरस्कार (बहराइनको राजाद्वारा) सन् २०२३, थाइल्यान्डको प्रिन्स महिडोल र रिडर्स डाइजेस्टको एसियाली युवा पुरस्कार, अल्बर्ट आइन्स्टाइन फाउन्डेसन ग्लोबल भिजनरी अवार्ड, वल्र्ड इकोनोमिक फोरमको सोसल इन्टरप्रेनरसिप अवार्ड, भुटानको नेशनल अवार्ड लगायत कैयौं पुरस्कार पाउने डा. सन्दुक रुइतले आफ्नै हातले एक लाखभन्दा बढी मानिसको मोतियाबिन्दु शल्यक्रिया गरेका छन् ।

सामाजिक कार्यमा प्रतिष्ठान
प्रतिष्ठानले सम्मानसँगै सामाजिक कार्यलाई समेत प्राथमिकताका साथ गर्दै आएको छ । सामाजिक कार्य अन्तरगत डा. भगवान कोइरालाको संयोजनमा दमकस्थित आधुनिक बाल अस्पताल निर्माणका लागि रू पाँच लाख, ९८ जना हातखुट्टाविहीनहरुलाई कृतिम हातखुट्टा वितरणका लागि नारायणि सेवा संस्थान उदयपुर भारतको सहयोगमा ब्रमाण्ड अपांग सहकारी बाहुनडाँगीलाई एक लाख ७३ हजार प्रदान गरेको छ ।

यसै वर्ष झापाका पाँच विद्यालयका ३०० जना विद्यार्थीलाई स्वीटर, जुत्ता–मोजा वितरण गरेको छ । भ्रष्टाचार विरोधी अभियान अन्तरगत झापाको शिवसताक्षीमा अन्तरक्रिया गरिएको छ भने भद्रपुरको सारदा आधारभूत विद्यालयमा खानेपानी ट्यांकी निर्माण भइरहेको छ ।

त्यस्तै, कोशी प्रदेश र विदेशमा रही नेपाली साहित्यको विकासमा क्रियाशील साहित्कारहरूबाट छनोट गरी १ जनालाई श्रीप्रसाद ओली साहित्य पुरस्कार र सम्मान गर्न लेखनाथ पुस्तकालय चन्द्रगढीलाई  ६० हजार प्रत्येक वर्ष दिँदै आएकोमा छ । सोही क्रममा यस वर्ष मोरङ उर्लाबारीकी साहित्यकार मिश्र बैजयन्तिलाई  ५१ हजार १११ रुपैयाँ पुरस्कार राशीको उक्त पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, ओली वंशको उत्थानका लागि अनुकरणीय कार्य गरेवापत ओली वंश अक्षयकोष काठमाडौंमार्फत ३० हजार रुपैयाँ पुरस्कार राशीको श्रीप्रसाद अम्बिका देबी ओली उत्कृष्ट समाजसेवा पुरस्कारबाट यो वर्ष सुर्खेतका सुरेशकुमार ओलीलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओलीले सामाज रुपान्तरणका लागि गरिने यस प्रकारको कार्यक्रमले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

कार्यक्रममा लेखनाथ पुस्तकालय चन्द्रगढीका संस्थापक अध्यक्ष नवराज घिमिरे, वर्तमान अध्यक्ष कृष्णसुवेदी निराकार, श्रीकृष्ण द्वैपायन गुरुकूलका संस्थापक अध्यक्ष गणेशप्रसाद भट्टराई, अध्यक्ष रेमनाथ चुडाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, प्रतिष्ठानका पदाधिकारी तथा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको  लगायतको आतिथ्य रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending