Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

लगानी गर्दा बुझेर गर्न मन्त्री महासेठको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ । भेटमा संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था  र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध क्षेत्रको समृद्धिको लागि सरकार तथा सरोकारवालाहरुसँग हातेमालो गर्दै सहकार्यका लागि संघको तर्फबाट प्रतिबद्धता जनाए ।

सो क्रममा  अध्यक्ष डा केसीले देशको पूर्वाधार विकासका लागि विश्वभरका  गैरआवासीय नेपाली मिलेर १० अर्बको लगानी रहेको परियोजना सुरु गरेको जानकारी गराए । उनले भने ‘अहिले १० अर्ब लगानीबाट सुरु गरेपनि भविष्यमा हाम्रो योजना ५० अर्बको लगानी भित्र्याउनेछ ।’

त्यसका लागि गैरआवासीय नेपालीहरुको बाहुल्य रहेको देशमा रोड शो समेत गर्ने र त्यसमा नेपाल सरकारलाई समेत सहभागी गराउने योजना रहेको डा केसीले बताए ।

लगानी सम्मेलनमा एनआरएनएले सरकारसँग सहकार्य गर्न लागेको जानकारी गराउँदै अध्यक्ष डा केसीले गैरआवासीय नेपालीहरुलाई हालको समयमा लगानीको वातावरण बन्दै गएपनि केही प्रावधानको सहजीकरणका लागि निरन्तर छलफलमा रहेको उल्लेख गरे । केन्द्रमा मात्रै नभई नेपालका सातै प्रदेशका लागि बृहत योजना बनाई काम गर्ने रणनीति रहेको उनको भनाई थियो । सोही अवसरमा आगामी जुन महिनामा संघले प्रथम एनआरएन विश्व महिला सम्मेलन गर्न लागेको अवगत गराए ।

जवाफमा मन्त्री महासेठले लगानीका क्षेत्र पहिचान गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । बिना अध्ययन ठूला ठूला परियोजनामा लगानी गर्नुभन्दा साना तर लगानी सुरक्षित हुने क्षेत्र पहिचान गर्न आवश्यक रहेको उनको भनाई थियो ।  फरक प्रसंगमा मन्त्री महासेठले जो जहाँ भएपनि गैरआवासीय नेपालीहरु एउटै कित्तामा उभिएर देशको लागि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो उनले भने ‘मन ठूलो बनाएर सबैसँग मिलेर अघि बढ्नुस् ।’

भेटमा संघकी महिला सचिव तथा विदेशमा नेपाली सामान प्रवर्द्धन कमिटीकी संयोजक राधिका गुरुङ एनआरएन अभियन्ता तीर्थ भट्टराई र अधिकृत कुनाल मिश्र उपस्थित थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा ४० प्रतिशत मतदान

बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत सु...

धुलिखेलमा विवाहकै दिन बेहुली फरार

धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् ।  विवाहका लागि...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्।  मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिष...

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः नेता साउद

पर्सा ।  पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार ...

इलाम-२ मा ४२ प्रतिशत मत खस्याे, मतदान केन्द्रभित्रैबाट प्रहरीद्वारा शंकास्पद सामग्री बरामद

इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मत...

कल सेन्टरमा एआइको प्रयोग हुदै, लाखौं बेरोजगार हुदै

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ । एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्...

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा

भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्त...

बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु

काठमाडौं । बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।  मोल सहरबाट आन्त्वर्पेन भन्ने स्थानमा जाने क्रममा दुर्घटनामा परी पर्वतको जलजला ...

सुनकोसी मरिण डाइभर्सनः सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies