Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मुन्दुम पदमार्ग प्रवद्र्धन गर्न भोजपुरको चखेवामा महोत्सव

खबरडबली संवाददाता

भोजपुर । मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ । आगामी २०८१ वैशाख १ देखि ३ गतेसम्म महोत्सव हुने भएको हो । 

महोत्सवमा स्थानीय कृषि उत्पादन, पर्यटकीय क्षेत्रको प्रचार तथा कलासंस्कृतिको प्रवद्र्धन गरिने आयोजक संस्था चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिका अध्यक्ष आइकुमार राईले बताए। टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा महोत्सव हुन लागेको हो । महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारको स्टल राखिने आयोजकले जनाएको छ । 

सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्गमा पर्ने चखेवा भञ्ज्याङ भोजपुर र खोटाङको सिमाना हो । गाउँपालिकाले सन् २०२५ लाई मुन्दुम पर्यटकीय वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ । त्यसैका लागि अग्रिम प्रचारस्वरुप यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा मुन्दुम पदमार्गका बारेमा वृत्तचित्र प्रदर्शनी गरिनेछ । गाउँपालिकाको रु १० लाख र आयोजक संस्थाको रु तीन लाख गरी १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । महोत्सव अवलोकनका लागि ५० हजार मान्छे ल्याउने आयोजकको लक्ष्य छ । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनेछ । साहित्यिक कार्यक्रम पनि रहने आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकास र प्रचारका लागि प्रत्येक वर्ष यस्ता महोत्सव आयोजना गरिने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक सातामै ३६ हजारले घट्यो सुनको भाउ, तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ। यस दिन सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी...

लमजुङमा आठ महिनामा ६२ जना क्षयरोगी थपिए

लमजुङ। लमजुङमा चालु आर्थिक वर्षको आठ महिनामा ६२ जना नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म भेटिएका नयाँ ६२ जनामा क्...

आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा रूपमा अघि बढ्नुपर्छ: महाविर पुन

काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा रूपमा अघि बढ्नुपर्ने बताएका छन्। म्याग्दीबाट प्रतिनि...

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: