काठमाडौं । रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ब्राजिलियन फुटबलर भिनिसियस जुनियर पत्रकार सम्मेलनमा रोएको विषय अहिले चर्चामा रहेको छ ।
स्पेनविरुद्ध हुने ब्राजिलको मैत्रीपूर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा भिनिसियसले आफूमाथि भइरहेको दुर्व्यवहारका कारण संघर्ष गरिरहेको बताउदै भावुक भएका हुन् । उनले आफूमाथि स्पेनमा जातिय दुर्व्यवहार भइरहेको बताउदै आफुलो कालो जातिको भएका कारण यस्तो दुर्व्यवहार भइरहेको बताएका छन् ।
लगातार हुने यस्ता दुर्व्यवहारले आफु निरास भएको बताउदै भिनिसियसले आफु फुटबल खेलेर रमाउन नपाएको बताएका छन् । उनले भनेका छन्- मलाई माफ गर्नुस, म केवल फुटबल खेल्न चाहन्छु । मेरो क्लब र परिवारका लागि सबथोक गर्न चाहन्छु, मैले यसरी कालोजातिमाथि दुर्व्यवहार भएको देखेको थिइन् ।'
भिनिसियसले आफुलाई क्लबका अध्यक्ष र क्लबले गरेको सपोर्टका कारण आफु बलियो रहेको बताए । उनले भने- मैले स्पेन छोड्ने विषयमा सोचेको छैन, जो जातिवादको दुर्व्यवहार गर्नेले चाहेका छन् । म विश्वको उत्कृष्ट क्लब छोड्न चाहन्न । म क्लबका अध्यक्ष र क्लबले गरेको सहयोगका कारण लगातार बलियो हुने छु ।'
ला लिगाका खेलमा भिनिसियसमाथि लगातार जातीय दुर्व्यवहार हुदै आएको छ । गत बर्षको मे महिनामा रियल मड्रिड र भलेन्सिया बीचको खेलमा मेस्टाला स्टेडियममा दर्शकहरुले भिनिसियसलाई जातीय दुर्व्यवहार गरेपछि खेल १० मिनेटका लागि रोकिएको थियो ।
त्यति रियल म्याड्रिडले सो घटनाको कडा विरोध गरको थियो । त्यस्तै भलेन्सियाले जातीय दुर्व्यवहार गर्ने एक फ्यानको पहिचान भएको भन्दै यो घटनाको निन्दा गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: