Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

न्याय माग्न राष्ट्रिय महिला आयोग पुगेकी ३० वर्षीया महिलाले गरिन् विष सेवन

खबरडबली संवाददाता

काडमाडाैं । राष्ट्रिय महिला आयोगमा आफू हिंसामा परेको उजुरी लिएर गएकी एक महिलाले विष सेवन गरेकी छन् । चैत ४ गते श्रीमान, सासु नन्दसमेतले हिंसा गरेको उजुरी गरेकी उनले सोमबार आयोगमा भएको छलफलपछि विष सेवन गरेकी हुन् ।

राष्ट्रिय महिला आयोगमा न्यायको लागि गएकी विश्वकर्मा थरकी ३० वर्षीया महिलाले आफ्नो श्रीमानले लामो समयदेखि हिंसा गरेको उजुरी लिएर आयोग गएकी थिइन् थिइन् ।  आयोगमा उनीमाथि भएको हिंसाबारे श्रीमानसहित छलफल गराउने क्रममा उनले महिला आयोगमा घरेलु हिंसाको उजुरी गरेकै दिन चैत ४ गते जिल्ला अदालत दाङमा श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको जानकारी पाएपछि उनले विष सेवन गरेर गम्भीर घाइते भएकी हुन् । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय महिला आयोगकी सरकारी वकिल उषा गजमेरले मनोसामाजिक परामर्शदता राखेर ३० वर्षीया महिलासँग छलफल गराउने क्रममा उनको श्रीमानले आफूले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराइसकेको जानकारी गराएका थिए ।

सरकारी वकिल गजमेरका अनुसार काठमाडौँ घर भएकी उनी र दाङका थापा थर भएका पुरुषले तीन वर्ष अगाडि काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गरेका थिए । काठमाडौँ भएपनि घरमा भने दलित भएका कारण प्रवेश नदिएको छलफलका क्रममा बताएकी वकिल गजमेरले जानकारी दिइन् ।

घरमा स्वीकार नगरेपछि श्रीमानसँग विवाद बढ्दै गएको जनाइएको छ । घरमा प्रवेश गर्न श्रीमान मात्रै नभएर सासू, नन्द र देवरले समेत नदिइ घरेलु हिंसा गरेको महिला आयोगमा उनले दिएको उजुरीमा भनिएको छ ।

सोमबार छलफलका क्रममा महिला आयोगले उनलाई अदालतमा मुद्दा परिसकेपछि आयोगले क्षेत्राधिकार मिचेर छलफल गराउन नसक्ने जानकारी दिएको वकिल गजमेरले बताइन् । त्यसपछि छलफलबाट निस्किएर खाद्य संस्थानको ट्वाइलेटभित्रबाट मेटासिट खाँदै निस्किएकी थिइन् ।

विष सेवन गरेपछि घाइते उनलाई तत्कालै आयोगले नै अस्पताल पुर्याएको गजमेरले बताइन् । घाइते महिलाकी परिवारका एक सदस्यले भने आफूहरुलाई छोरीले विवाह गरेको जानकारी नै नदिएको बताए । परिवारमा छोरीले विवाह गरेकै जानकारी नभएकाे उनको एक परिवारका सदस्यले बताए ।  साेमबार आयोगमा छलफल छ भनेपछि मात्रै विवाहकाे विषयमा जानकारी भएको उनकाे भनाइ छ । महिला आयोगमा भएको छलफलमा भने उनले आफू १५ वर्षको उमेर हुँदादेखि थापा थरका केटासँग परिचय भएको र पटक पटक शारीरिक सम्पर्क पनि भएकोले दुबैले एक अर्कासँग विवाह गर्ने निधो गरेपछि सहमतीमै काठमाडौँ जिल्ला अदालतमा विवाह गरेको जानकारी गराएकी थिइन् ।

उनीहरुबाट सन्तान भने जन्मिएको छैन । तर, केटाले घर नलगी काठमाडौँ नै राख्ने गरेको र सासु, देवर र नन्द मिलेर दलित भएको कारण घर छिर्न नदिँदा आफ्नो न्यायको लागि केही नबोलेको बताएकी वकिल गजमेरले जानकारी दिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending