Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

पुरानै रिसिइबीका कारण ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको मृत्यु हुनेगरी भएको झडप पुरानै रिसिइबीका कारण भएको खुलेको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुवै समूहको पुरानो रिसिइबी रहेको थियो ।

घटना डिप ओपिना खाजाघरभित्रै भएको प्रहरीले जनाएको छ  । मृतक पुजन राईको समूह त्यहाँ रक्सी खाएर बसिरहेको अवस्थामा अर्का मृतक रोवस राई समूहकाहरू त्यहाँ आएपछि विवाद भएको थियो । तर त्यहाँ रोवस भने केही समय पछि मात्रै आएका हुन् ।

दुई समूहको पुरानो रिसिइबी देखिएको र  पुरनको समूह त्यहाँ बसिरहेको समयमा अर्को समूहका आएपछि विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । उनीहरूले रेवशलाई घरबाट ९ बजेर ५८ मिटेनमा बोलाएको र त्यसपछि विवादले उग्रह रुप लिएको देखियो प्रहरीले जनाएको छ ।

पुजनको समूहले यहाँ किन आएको ? भनेपछि विवाद सुरू भएको बुझिएको प्रहरीले जनाएको छ । घटनामा खाजाघरका सञ्चालकको पनि संलग्नता देखिइएको बताइएको छ ।

घटना खाजाघरभित्रै भएको प्रहरीको भनाइ छ । त्यहाँ रगत देखिएको छ । बाहिर पनि चक्कु भेटिएको छ । अहिले घटनामा संलग्न भएको भन्दै अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिइएको छ ।

११ बजेमात्रै उनीहरुलाई अस्पताल पुर्‍याइएकोमा प्रहरीले त्यसपछि थाहा पाएको थियो । एकजनालाई स्कुटरमा अस्पताल पुर्‍याएर उनीहरू भागेको र अर्कोलाई खाजाघर सञ्चालकले ट्याक्सीमा राखेर अस्पताल पुर्‍याएको पाइएको प्रहरीले जनाएको छ ।  घटनास्थल वरिपरिका मान्छे आफूहरूलाई केही पनि थाहा नभएको बताएका प्रहरले जनाएकाे छ ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई छन् । उनीहरूमध्ये पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending