काठमाडौं । देशका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको क्षती भएको छ । आइतबार भएको बाजुरा, नवलपरासी पश्चिम, बझाङ रपन्देही लगायतका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको क्ष्ती भएको हो ।
बाजुराको बडिमालिका नगरपालिका–६ कोर्ध बस्ने अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको घरमा विद्युत तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
आगलागीमा भएकाे क्षतिको विवरण हाल नखुलेको प्रहरीले जनाएकाे छ ।
यसैगरी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वी चन्द्र अस्पताल परासीको प्रयोगशाला कक्षभित्र एसिमा जोड्ने विजुलीको तार सर्ट भई आइतबार राति आगलागी हुँदा कोठाभित्र रहेका सामानहरू पूर्णरूपमा जलेर नष्ट भएका र यहाँ पनि हालसम्म क्षतिको विवरण नखुलेको प्रहरीले जनाएकाे छ ।
यस्ते बझाङको बिथ्थडचिर गाउँपालिका–९ बागथलास्थित सोही ठाउँ बस्ने भान बहादुर बिष्टको होटल र खुद्रा पसलमा आइतबार राति आगलागी भएको छ ।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ मैनाबगर ग्यारेजलाईनस्थित तिलोत्तमा नगरपालिका–३ बस्ने ७१ वर्षीय अर्जुन पोख्रेलको यसोदा सप्लायर्स मोटर पार्टसमा करेन्ट सर्ट भई आइतबार राति आगलागी भएको छ ।
साथै उक्त आगो फैलिएर सोही ठाउँस्थित प्युठानको प्युठान नगरपालिका–३ घर भएका ३० वर्षीय खुम बहादुर थापाको प्युठान होटलमा समेत आगलागी भएको छ । आगलागीबाट होटल तथा मोटर पार्टस् पसलका सामानहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै सबै घटनामा भएको क्षतीको विवरण संकलन कार्य भइ रहेको र सबै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: