जाजरकोट । जिल्लाको भेरी नगरपालिका‒१ रावत गाउँका एक बाबुछोराको तीस वर्षपछि भेट भएको छ । रावत गाउँका ८५ वर्षीय नदे कामी र उनका ५५ वर्षका छोरा हर्कबहादुर कामी बिच तीन दशकपछि घरमा भेटघाट भएको हो ।
तीस वर्ष पहिले बेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए । भारतको कोलकताको एउटा अस्पतालमा उपचाररत रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्जा गणेश महराले बताए । ‘मामा कोलकतामा उपचार गराई रहनुभएको रहेछ, सन २०१५ देखि मामा अस्पतालमा भर्ना हुनुभएको रहेछ, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भएको गणेशले बताए ।
गणेश हर्कलाई लिन भारतको कोलकता समेत गएका थिए । भारतदेखि गणेश सहयोगी बनी घर फर्कने भन्ने सूचना पाएपछि गाउँभरिका आफन्तहरू हातमा माला र टिका लिएर बसिरहेका थिए ।
तीस वर्षपछि छोरा सँग भेट्न पाएपछि बाबु नदे कामीले आँखाबाट आँसु खसालिरहेका थिए । ‘मलाई लागेकै थिएन छोरा सँग भेटघाट हुन्छ भन्ने, उनले भने, ‘हामी कहिल्यै भेट्न सक्दैनौ होला जस्ता लागेको थियो, आज भगवानको कृपाले छोरा सँग भेट भयो ।’
उमेरले आठ दशक भन्दा बढी काटिसकेका नदे कामीले छोरा घर फर्केपछि खुसीयालीको आँसु रोक्न सकेका थिएनन् । नदेका पाँच छोरीहरू र एउटा मात्रै छोरा हर्क बहादुर रहेका छन् । उमेरले ६० काटिसकेकी महिमा चनारा आफ्नो भाइ हर्कबहादुर घर आएपछि खुसीको आँसु रोक्न नसकी भाइलाई अङ्कमाल गरी रहेकी थिइन् । २०५० ०६० को दशकमा हर्क बहादुर घरबाट बेपत्ता भएका थिए । भारतको कोलकतामा मानसिक रोगको उपचार गराई रहेको अवस्थामा प्रहरी मार्फत सम्पर्कमा आएका हुन् ।
यसरी बेपत्ता भएको ३० वर्ष पछि हर्क बहादुर घर फर्कँदा घर परिवार आफन्तका साथै गाउँघरमा समेत निकै खुसीयाली छाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: