जाजरकोट । जिल्लाको भेरी नगरपालिका‒१ रावत गाउँका एक बाबुछोराको तीस वर्षपछि भेट भएको छ । रावत गाउँका ८५ वर्षीय नदे कामी र उनका ५५ वर्षका छोरा हर्कबहादुर कामी बिच तीन दशकपछि घरमा भेटघाट भएको हो ।
तीस वर्ष पहिले बेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए । भारतको कोलकताको एउटा अस्पतालमा उपचाररत रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्जा गणेश महराले बताए । ‘मामा कोलकतामा उपचार गराई रहनुभएको रहेछ, सन २०१५ देखि मामा अस्पतालमा भर्ना हुनुभएको रहेछ, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भएको गणेशले बताए ।
गणेश हर्कलाई लिन भारतको कोलकता समेत गएका थिए । भारतदेखि गणेश सहयोगी बनी घर फर्कने भन्ने सूचना पाएपछि गाउँभरिका आफन्तहरू हातमा माला र टिका लिएर बसिरहेका थिए ।
तीस वर्षपछि छोरा सँग भेट्न पाएपछि बाबु नदे कामीले आँखाबाट आँसु खसालिरहेका थिए । ‘मलाई लागेकै थिएन छोरा सँग भेटघाट हुन्छ भन्ने, उनले भने, ‘हामी कहिल्यै भेट्न सक्दैनौ होला जस्ता लागेको थियो, आज भगवानको कृपाले छोरा सँग भेट भयो ।’
उमेरले आठ दशक भन्दा बढी काटिसकेका नदे कामीले छोरा घर फर्केपछि खुसीयालीको आँसु रोक्न सकेका थिएनन् । नदेका पाँच छोरीहरू र एउटा मात्रै छोरा हर्क बहादुर रहेका छन् । उमेरले ६० काटिसकेकी महिमा चनारा आफ्नो भाइ हर्कबहादुर घर आएपछि खुसीको आँसु रोक्न नसकी भाइलाई अङ्कमाल गरी रहेकी थिइन् । २०५० ०६० को दशकमा हर्क बहादुर घरबाट बेपत्ता भएका थिए । भारतको कोलकतामा मानसिक रोगको उपचार गराई रहेको अवस्थामा प्रहरी मार्फत सम्पर्कमा आएका हुन् ।
यसरी बेपत्ता भएको ३० वर्ष पछि हर्क बहादुर घर फर्कँदा घर परिवार आफन्तका साथै गाउँघरमा समेत निकै खुसीयाली छाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: