Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

रुसले उग्रवादी आक्रमण हुनसक्ने अमेरिकी चेतावनी बेवास्ता गरेकै हो ?

खबरडबली संवाददाता

काठमाडौं । जुनसुकै हमलापछि किन त्यसलाई रोकिएन वा त्यसबारे थाहा भएन भन्ने प्रश्न सधैँ उठ्छ। तर मस्कोमा भएको पछिल्लो हमलाले अन्तर्राष्ट्रिय तनाव र अविश्वासको परिस्थितिमा राष्ट्रपति भ्लादिमिर पुटिनमाथि थप पेचिलो प्रश्न तेर्स्याएको छ। 

यस्तो हुनुको कारण सम्भावित आक्रमणबारे अमेरिकी पूर्वचेतावनी हो। मार्च ७ मा अमेरिकाले दिएको चेतावनी अस्वाभाविक रूपमा प्रस्ट थियो। 

त्यसमा ‘उग्रवादीहरूले मस्कोका ठूला भीड भएका ठाउँमा निकट भविष्यमा नै निशाना बनाउने योजना बनाएको’ चर्चा गरिएको थियो र ठ्याक्कै कन्सर्टको पनि उल्लेख गरिएको थियो।

उसले सो सहरमा रहेका अमेरिकीहरूलाई त्यसपछिका ४८ घण्टा उक्त सहरमा हुने ठूला भिडभाडमा सहभागी नबन्न सूचना निकालेको थियो। हमलाको समय नमिलेको हो तर अन्य विवरण मार्च २२ मा भएको आक्रमणसँग लगभग पूर्ण रूपमा मेल खान्छ।

वासिङ्टनसँग केही गुप्तचरी सूचना रहेको प्रस्ट देखिन्छ र त्यो मस्को हमलाको जिम्मेवारी लिएको इस्लामिक स्टेट (आईएस) समूहसँग जोडिएको बुझ्न सकिन्छ।

अमेरिकाले दिएको जानकारी 

आफ्ना नागरिकलाई सार्वजनिक रूपमा चेतावनी दिएको अमेरिकाले रुसी सरकारलाई पनि सोझै उक्त जानकारी दिएको जनाएको छ।

“अमेरिकी सरकारले यो सूचना लामो समयदेखि कायम ‘चेतावनी दिने दायित्व’ सम्बन्धी नीति अन्तर्गत रुसी अधिकारीहरूलाई पनि जानकारी गराएको थियो,” हमलापछि एक जना अमेरिकी अधिकारीले भने।

देशहरूबीच गुप्तचरी सूचनाहरू आदानप्रदान हुने माध्यमहरू हुन्छन्। सर्वसाधारणहरूमाथि आक्रमण हुने सम्भावित परिस्थितिमा साझेदार नरहेका देशहरूसँग पनि ती माध्यमबाट सूचना सम्प्रेषित गरिन्छ।

मस्कोले ती चेतावनीलाई बेवास्ता गर्‍यो जुन समस्या बन्न पुगेको छ। हमलाको तीन दिन अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको रक्षा गर्ने जिम्मा पाएको रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) को उच्च नेतृत्वसँग छलफल गरेका थिए।

लिएनन् गम्भीरतापूर्वक 

भेला भएका सुरक्षा निकायका नेताहरूलाई पुटिनले आफ्नो मुलुकको उच्च प्राथमिकता विशेष सुरक्षा कारबाहीलाई समर्थन गर्नु भएको बताए। युक्रेनविरुद्धको लडाइँ बुझाउन उक्त पदावलीको प्रयोग गर्ने गरिन्छ।

पुटिनले युक्रेनले ‘आतङ्कवादी दाउपेच’ अवलम्बन गरेको बताए। उनले पश्चिमा जगतबाट रुसभित्र सम्भावित आक्रमण हुने भनी ‘उत्तेजनात्मक टिप्पणी’ गरिएको बताए।

ती चेतावनीहरूले ‘सोझै मोलतोल गर्ने र हाम्रो समाजलाई धम्क्याउने अनि अस्थिर बनाउने उद्देश्य’ राखेको पुटिनले बताएका थिए।

यसले अमेरिका र रुसबिचको अविश्वासको अर्थ मस्कोले ती चेतावनी सुन्नै चाहँदैन थियो भन्ने सङ्केत दिन्छ। त्यसलाई युक्रेन द्वन्द्वसँग जोडेर आफ्नो मुलुकलाई धम्की दिने प्रयास गरिएको अर्थमा उसले लियो।

हामीलाई अमेरिकाले कस्तो प्रकारको सूचना प्राप्त गरेको थियो वा प्रेषित गरेको थियो वा त्यो त्यो कति स्पष्ट थियो थाहा छैन। गुप्तचरी सूचना अस्पष्ट र निर्णय लिन कठिन हुने खालको पनि हुनसक्छ।

अब के हुनसक्छ?

तर अमेरिकासँग ठूलो जासुसी संयन्त्र रहेको छ र उसले आईएसलाई नजिकबाट निगरानी गर्छ।

मस्कोमा हमला गरेको समूह अमेरिकी सुरक्षा बल र सर्वसाधारणहरूलाई सन् २०२१ को अगस्टमा काबुलमा भएको आक्रमणमा पनि जोडिएको छ। हालै इराकमा भएका घातक बम हमलामा पनि उसको भूमिका छ।

तर यदि रुसलाई प्रदान गरिएको जानकारी विश्वसनीय थियो र ठोस रूपमा आईएससँग जोडिएको थियो भने, एफएसबी र पुटिन ती सूचनालाई किन गम्भीरतापूर्वक लिइएन भन्नेबारे रक्षात्मक अवस्थामा पुग्नसक्छन्।

र त्यस्तोमा मस्कोले कुनै हिसाबले आरोप अन्यतर्फ सोझ्याउन हमलालाई युक्रेनसँग जोड्नसक्छ। आफूले सही आकलन गर्न नसकेको स्वीकार गर्नुको सट्टा युक्रेनमा चालिरहेको आफ्नो कदमप्रति समर्थन निर्माण गर्ने प्रयास उसले गर्नसक्ने सम्भावना पनि छ।

आईएसको भिडिओमा के छ?

यसबीच, इस्लामिक स्टेट समूहले शुक्रवार मस्कोस्थित कन्सर्ट हलमा गरेको हमलाको भिडिओ सार्वजनिक गरेको छ जसले सो समूहले आक्रमण गराएको भनी गरेको दाबीलाई बल पुर्‍याउने जस्तो देखिन्छ।

क्रोकस सिटी हलमा बन्दुकधारीहरूले प्रवेश गरी गोली चलाएर भवनलाई आगजनी गर्दा कम्तीमा १ सय ३३ जना मारिएका थिए।

टेलिग्राममा सार्वजनिक भिडिओमा एउटा व्यक्तिले सो हलको लबीमा गोली चलाइरहेको देखिन्छ। रुसी राष्ट्रपति पुटिनले हमलामा संलग्न चारैजना बन्दुकधारीहरू पक्राउ परेका बताएका छन्।

रुसी अधिकारीहरूले ती विदेशी नागरिक भएको उल्लेख गरेका छन् तर परिचय सार्वजनिक गरेका छैनन्। बीबीसी 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा भोट गन्न ढिला भएपछि गणक टोली थपियो

काठमाडौं । इलाममा भइरहेको मतगणनाको परिणाम छिटो दिन गणना स्थल बढाइएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गर...

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकेको छैन । खेलकुद विकास समिति लुम्बिनी प्र...

बझाङमा कांग्रेसलाई एमालेले पछ्याउँदा नेकपा एसले कति मत ल्यायो ?

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।  प्राप्त परिण...

इलाममा मतान्तर बढाउँदै एमाले, कांग्रेसलाई मुढाले पछ्याउँदा घण्टी चौथो

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका...

भूकम्प प्रभावितका लागि बन्न लागेको एकीकृत मिलन बस्ती बजेट अभावले ढिलाइ

गोरखा । भूकम्प्रभावितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको ...

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा जुट्दै धादिङको गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ । सङ्घीय राजधानी ...

पाँच वर्षपछि लगानी सम्मेलन- प्रधानमन्त्रीले लगानीकर्तालाई देखाए अवसर, आशा कस्ता ?

काठमाडौं । झण्डै पाँच वर्षको अन्तरालमा आइतवारबाट सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीको महत्त्व...

आज पनि हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रह...

हमासले भन्योे- युद्धविरामका लागि इजरायलको प्रस्ताव अध्ययन गरिँदैछ

काठमाडौं । गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडिओ शनिबार सार्व...

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies