Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रञ्जिताको ‘थाइकट’ मा मोहित भएका रेशमको ‘लभलाइफ’ सामाजिक सञ्जालमै भयाे छताछुल्ल

दुई घन्टा वार्ता गर्दा पनि उनी टस कि मस भइनन्

खबरडबली संवाददाता

काठमाडौं ।  ‘बग्दैबग्दै गर्दा धेरै चट्टानहरुसँग पानी ठोकिन्छ । जति ठोक्किएपनि उसले ढुंगासँग रिसिवी साट्दैन । बरु भन्छ– ‘ए ढुंगा तिमी–हामी सँगै बगिजाउन’ । परपर धकेल्दै धकेल्दै समुद्र भेटिन्छ । र त्यो समुद्रमा अन्त्य हुन्छ छाल र ढुंगाको कथा, रञ्जिता र मेरो कथा त्यस्तै हो । जीवन रहेसम्म, अन्त्यसम्म हामी छाल र ढुंगा भइ बग्दै जानेछौं ।’

केही समयअघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नी पत्नीसँगको प्रेमलाई यसरी दर्शाएका थिए । एक अन्तर्वार्तामा उनले हाल पार्टीकी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीको कपालमा आफू मोहित भएर प्रेम गाँसेको स्मरण गरेका थिए ।

उनले भनेका थिए, ‘रञ्जिता काठमाडौंको नेवार्नी । म तराईको थारु । म अलि कालोकालो थिए । उनी अलि गोरी थिइन् । त्यसबेला ‘थाइकट’ कपाल निकै चलेको थियो, र ‘थाइकट’ कपाल पाल्ने सुन्दरीलाई पछ्याउने युवाहरुको निकै ठूलो जमात थियो । मैले पनि पछ्याएहुँला, उनले पनि मन पराइन् होली । उनको पछ्यौरी मैले समाते, उनले मेरो हात समाइन् । र प्रेम विवाह सम्पन्न भयो ।’

आजभोलि भने उनीहरुको मायाप्रेममा दरार आएको छ । जसको बाछिटा संघीय सरकार र सुदूरपश्चिम सरकारमा देखिएको जगजाहेर छ । केही समयअघि रेशमले दरार आएको सम्बन्धलाई फेसबुक पोष्टमार्फत दर्शाउन खोजेका थिए । उनले लेखेका थिए, ‘जब कुदिएको मुर्तिले चित्रकारलाई लात हान्न थाल्छ बुझ्नुस– त्यहाँ पक्कै छल छ ।’ यद्यपि यो पोष्ट उनले पत्नीकेन्द्रीत लेखेका हुन् या होइनन् भन्ने खुलाएका छैनन् । तर, पछिल्लो समय दुवैबीच आएको चिसोपनालाई रेशमले सामाजिक सञ्यजालमा छताछुल्ल पार्न  खोजेको देखिन्छ ।

रेशमका दुुई पत्नीमध्ये रञ्जिता जेठी पत्नी हुन् । उनकी कान्छी पत्नी आशा चौधरी हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ स्थित जालीमा माइती घर भएकी आशासँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिले बिहे गरेका थिए । अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन् ।

९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनापछि रेशम जेलमै भएका बेला नागरिक उन्मुक्ति पार्टीको जन्म भएको थियो । दोस्रो स्थानीय निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्तिले कैलालीका १३ स्थानीय तहमध्ये ४ वटा जितेको थियो ।

कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नागरिक उन्मुक्ति कांग्रेस र एमालेभन्दा ठूलो दल हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तिले प्रतिनिधिसभामा ३ र १० वटा प्रदेशसभामा ५ वटा प्रत्यक्ष जितेको छ । प्रदेशसभामा २ जना समानुपातिक गरी नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन् । प्रदेश सरकार बनाउन नागरिक उन्मुक्ति निर्णायक शक्ति हो ।

जेलमा भएकाले अध्यक्षमा बस्न नपाउने भएपछि रेशमले श्रीमती रञ्जितालाई पार्टी अध्यक्ष बनाएर आफू संरक्षक बनेका थिए । रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका दिन माफी मिनाह दिएपछि जेलमुक्त भएर उनी राजनीतिमा सक्रिय भए ।

रेशम जेलमुक्त भएपछि २०८० पुस २६ गते टीकापुरमा पार्टीको महाधिवेशन गरेका थिए । निर्वाचन प्रक्रियामा रेशमले अध्यक्षमा एकल उम्मेदवारी दिने भएपछि रञ्जिता त्यही दिन महाधिवेशन स्थल छाडेर हिँडिन् । उनले पुनः अध्यक्ष बन्न चाहेकी थिइन् भनेर त्यतिबेला चर्चा चलेको थियो ।

टीकापुरको पहिलो महाधिवेशनबाट रेशम निर्विरोध अध्यक्ष चयन भए । महाधिवेशन स्थलमा रञ्जिता नभए पनि उनलाई सहअध्यक्ष मनोनीत गरिएको थियो । त्यहि दिनदेखि उनीहरु बीचको सम्बन्धमा चिसोपना आएको बताइन्छ ।

उता निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष अवैधानिक ठहर गरिदियो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम मापदण्ड नपुगेकाले पुरानै कार्यसमितिलाई मान्यता दियो ।

त्यसपछि नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ थिइन् । तर उनका श्रीमान् भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा थिए ।

प्रचण्डले नाउपाका नेता–कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने रन्जिताको अडान थियो । भने, कसैले कृपाले राजबन्दी रिहा नभइ २ लाख ७८ हजार जनताको भोट आफूहरु रिहा भएकाले सरकारलाई समर्थन नगनुपर्ने रेशमको अडान थियो ।

दुवै आफ्नो अडानमा रहँदा केन्द्रमा रञ्जिताले प्रधानमन्त्रीलाइै विश्वासको मत दिइन् । भने उता पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन दिएको निर्देशन रेशमले मानेनन् । रेशमले ३ जनालाई शाहकै सरकारमा शपथ खुवाउन लगाइदिए । त्यसले दुवै जनाबीचको विवाद छताछुल्ल बनाइदिएको थियो ।

रञ्जिताले विश्वासको मत दिनुअघि रेशमले उनलाई फकाउन प्रयास भने नगरेका होइनन् । तर, मान्दै नमानेपछि पत्नीलाई सम्झाउन आफू कैलालीको धनगढीबाट काठमाडौंसम्म गएको र रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको भन्दै रेशमले फेसबुकमार्फत जानकारी दिए । ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका थिए ।

यी दुवै राजनीतिक घटनाक्रमपछि रञ्जिताले भने आफूहरुको सम्बन्ध नबिग्रिएको तर विचार फरक भएको बताइरहेकी छन् । उनले केही दिनअघि भनेकी थिइन्, ‘मन्त्री पाउन विश्वासको मत दिएको होइन । पार्टी छुट्टै कुरा हो । परिवार छुट्टै कुरा हो । परिवारमा हाम्रो त्यस्तो केही पनि छैन ।’ अहिले जापानमा रहेका रेशमले भने आफ्नो सम्बन्धबारे मौन रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ ।  बझाङमा प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।   मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ह...

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६...

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ ...

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द, दुई हजार बढी मजदुर बेरोजगा

जनकपुर ।  आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्...

बझाङमा ४० प्रतिशत मतदान

बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत सु...

धुलिखेलमा विवाहकै दिन बेहुली फरार

धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् ।  विवाहका लागि...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्।  मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिष...

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः नेता साउद

पर्सा ।  पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार ...

इलाम-२ मा ४२ प्रतिशत मत खस्याे, मतदान केन्द्रभित्रैबाट प्रहरीद्वारा शंकास्पद सामग्री बरामद

इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies