काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले माओवादी केन्द्रसँग एकता आवश्यक रहेको बताएका छन् । एकताको विषयमा छलफल भइरहेको र छलफल सकारात्मक भएको बताउँदै उनले एकता आवश्यक रहेको बताएका हुन् ।
अहिले मोर्चाको विषयमा मात्र छलफल भइरहेको बताउँदै उनले भने – ‘एकताको कुरा नीतिगत कुरा हो । यस विषयमा निरन्तर कुरा भइरहेकै छ किनकि नेपालको कम्युनिस्ट आन्दोलनको बारेमा एउटा नयाँ बहस आवश्यक छ’, रातोपाटीसँग उनले भने, ‘माओवादीबिचको एकताको कुरा पनि आवश्यक छ भन्ने कुरा चलिरहेकै छ । त्यसमा सकारात्मक छ ।’
२०६९ साल असारमा तत्कालीन नेकपा (एकीकृत माओवादी)बाट अलगिएका विप्लव पछिल्लो समय माओवादीसँग नजिकिएका छन् । द्वन्द्वकालीन मुद्दाको विषय अदालतमा प्रवेश हुन थालेपछि पूर्वमाओवादी घटकहरूबिच एकताको विषयमा छलफल भइरहेको छ । विप्लवको पार्टीसँग एकता गर्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन् ।
यस्तै माओवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीबिच एकता हुने सहमति भएको थियो । तर गत शनिबार प्रधानमन्त्री निवास बालुवटारमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गरी एकता सहमतिमा हस्ताक्षर गरेपछि पार्टी नै विभाजित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: