Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रधानमन्त्री र सरकारका ११ संयन्त्रकलाई गोर्खा सैनिककोे ज्ञापन पत्र

सर्बोच्चको आदेश कार्यान्वयन गर्न कुन शक्तिले रोक्यो ?

खबरडबली संवाददाता

काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले प्रधानमन्त्री र सरकारका ११ संयन्त्रकलाई ज्ञापन पत्र  बुझाउँदै आफूहरु र देशको स्वाधिनताको पक्षमा सर्बोच्चद्वार गरिएको फैसला कार्यान्वयन गर्न नमानेकोमा रोष व्यक्त गरेको छ । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी बिगेसोले फैसला कार्यान्वयन नगरे सरकार विरुद्ध देशभरी आन्दोलन् गर्ने चेतावनीसमेत दिएको छ ।

बिगेसो प्रमुख सल्लाहकार परी थापाले ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा मात्रै नभएर देशको राष्ट्रिय स्वाधिनताको रक्षाको पक्षमा सर्बोच्चद्वारा गरेको फैसलालाई एक बर्ष वितिसक्दा पनि कार्यान्वयन नगर्नु दूर्भाग्य भएको बताए । थापाले नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको त्रिपक्षीय सन्धीलाई उल्लङ्घन् गर्दा पनि सरकार नबोल्नु आश्चार्यजनक भएको बताउँदै भने,“फक्ल्याण्ड,इराक,अफगानिस्तान अनि नेटो सैनिकको रुपमा अहिले हाम्रै मित्र राष्ट्रहरुसँग बेलायतले लडाएर त्रिपक्षीय सन्धीलाई धोती लगाउँदा पनि बोल्न डराउँ छ यो सरकार ।” ‘ब्रिटिस गोर्खाहरुलाई भाडामा नेटो सेना बनाउँदा नेपाल सरकारले बोल्न डराउनु हुन्न ।’ थापाले अगाडी भने ।

विगतमा आफूहरुले संसद र पछिल्लो १ वर्षमा न्यायालयको पक्षबाट सर्बोच्च अदालतले समेत सरकारकारलाई सहज बनाउँदासमेत सरकारमा बस्नेहरु कानमा तेल हालेर बस्नु संसयको बिषय भएको थापाको जिकिर छ ।
संगठनका अध्यक्ष पदम सुन्दर लिम्बुले यति ठूलो राष्ट्रियतासँग जोडिएको महत्व पूर्ण बिषयमा अदालतको आदेश एक वर्षसम्म पनि कार्यान्वयन गर्न नमान्नु निकै नै रहस्यमय भएको बताउँदै भने,“हामी पीडित गोर्खा सैनिकहरुको मात्रै बिषय छैन,  सदियौंदेखि नेपालीलाई भाडाका सिपाईकारुपमा हेयको दृष्टि अनि नेपाल र नेपालीको स्वाभिमानको बिषयमा शासकहरु मौन छन्, बुझ्नै गाह्रो ।”

फैसला आएको एक वर्षमा कार्यान्वयनका लागि विभिन्न संघर्षका कार्यक्रमदेखि बिहिबार प्रधानमन्त्रीदेखि सरकारकार विभिन्न ११ वटा संयन्त्रहरुलाई पत्र बुझाएको बताउँदै, त्यसपछि पनि सुनुवाई नभए आफूहरु कडा आन्दोलन गर्ने लिम्बुले चेतावनी दिए ।
 
लिम्बुले आन्यायपूर्ण गोर्खा भर्ति समस्या बारे राज्य पक्ष नै तदारुक्तताका साथा लग्नु पर्नेमा उल्टै पीडितहरुले सहज बनाएको कार्यलाई पनि कार्यान्वयन गर्न आनाकानी गर्नु दुःखत भएको बतए । अब पनि सरकारले फैसाला कार्यान्वयन नगरे आगामी समयमा पोखरा,बुटवल लगायत देशका मुख्य सहर केन्द्रीत आन्दोलन चर्काउने तयारी रहेको बताए ।

बिगेसो सिंगापुर विभागका प्रमुख पल बहादुर घर्तीले ब्रिटिस भर्तिको प्रभावका कारण सिंगापुर गोर्खाहरु अत्याधिक पीडित रहेको बताए । घर्तीले गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलव, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ जारी रहने बताए ।

सो पत्रकार सम्मेलनमा बिगेसो सल्लाहकार रतन भण्डारीले पीडितको मात्रै बिषय नभएर फैसला कार्यान्वयन गर्दा र गराउन पहल गर्दा सिंगो देशले एकपट आफूलाई नयाँ हैसियतसहित उभ्याउने अवसर भएको बताए । बिगेसोका सन्तबहादुर गरुङले अब पनि सरकारले नसुने आफूरुले कडा आन्दोलन गर्ने तयारी गरेको बताए ।

बिगेसोले बिहिबार प्रधानमन्त्री कार्यालय,परराष्ट्र,गृह, कानून्,श्रम तथा रोजगार मान्त्रालय, तीन वटा संसदिय समिति, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल स्थित बेलायती राजदूतावास, नेपाल स्थित भारतिय राजदूतावास, माहान्याधिवक्ताको कार्यालय र सर्बोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय जस्ता सरोकारवाला निकायमा फैसला कार्यान्वयनका लागि फहल गरिदिन ज्ञापन पत्र बुझाएको जानकारी दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending