सिन्धुली । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिनेगरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –६, रत्नावतीस्थित सोखु खोलामा आउने बाढीले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरबाट काठमाडौँ आवत–जावत गर्ने यात्रुलाई हरेक वर्ष सास्ती हुने गरेको थियो ।
अब भने यात्रुहरुको सास्तीका दिन जाने भएको छ । खोला तर्न नसकेर अब यात्रु छट्पटाउनु नपर्ने भएको फिक्कल गाउँपालिकाको उपाध्यक्ष राजु बरालले बताए । १२ वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको सोखु खोलाको पुलको निर्माण कार्य धमाधम भइरहेको बरालको भनाइ छ । गाउँपालिका र सरोकारवालाको बारम्बारको ताकेता र पहलपछि निर्माण कार्य शुरु भएको उनले बताए ।
पुलको दुईवटै विंग्स वाल (पर्खाल) र तीनवटै स्पानको ढलान लगभग सम्पन्न भइसकेको र केहि काम मात्रै बाँकी रहेको गाउँपालिकाको सब इन्जिनियर प्रदिप खुलालले बताए । उनका अनुसार यहि रफ्तारमा काम हुने हो भने आगामी वैशाख पहिलो सातासम्ममा पुल निर्माणको काम सम्पन्न हुनेछ ।
पुल निर्माण नहुँदा जिल्लाबाट काठमाडौँ वा काठमाडौँबाट जिल्ला हिँडेका यात्रु हरेक दिनजसो बाटैमा अलपत्र पर्नेगरेका थिए । सामान्य पानी परेसँगै सोखु खोलामा बाढी आउने हुँदा बिजोग हुने गरेको फिक्कल गाउँपालिका ६ का रिता तामाङले बताइन् ।
सोखु खोलामा पुल निर्माण गर्ने जिम्मा सुरुमा पप्पु नेपाल प्रगति जेभीले लिएको थियो । तर, पप्पु नेपालसँग ठेक्का तोडिएपछि वाइपी–विकास एण्ड ब्रदर्श–आत्रेय जेभीले पुल निर्माणको जिम्मा लिएको छ । आत्रेयले ७७ साल कात्तिक २६ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापले जनाएको छ । सोही राजमार्गमा पर्ने खाङसाङ खोला र उक्त सोखु खोलाको पुल गरी दुई वटा पुल निर्माण गर्न ५ करोड ३६ लाख ७७ हजार (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता भएको हो । हाल, आत्रेयले नै धमाधम पुलको निर्माण काम अघि बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: