सिन्धुली । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिनेगरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –६, रत्नावतीस्थित सोखु खोलामा आउने बाढीले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरबाट काठमाडौँ आवत–जावत गर्ने यात्रुलाई हरेक वर्ष सास्ती हुने गरेको थियो ।
अब भने यात्रुहरुको सास्तीका दिन जाने भएको छ । खोला तर्न नसकेर अब यात्रु छट्पटाउनु नपर्ने भएको फिक्कल गाउँपालिकाको उपाध्यक्ष राजु बरालले बताए । १२ वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको सोखु खोलाको पुलको निर्माण कार्य धमाधम भइरहेको बरालको भनाइ छ । गाउँपालिका र सरोकारवालाको बारम्बारको ताकेता र पहलपछि निर्माण कार्य शुरु भएको उनले बताए ।
पुलको दुईवटै विंग्स वाल (पर्खाल) र तीनवटै स्पानको ढलान लगभग सम्पन्न भइसकेको र केहि काम मात्रै बाँकी रहेको गाउँपालिकाको सब इन्जिनियर प्रदिप खुलालले बताए । उनका अनुसार यहि रफ्तारमा काम हुने हो भने आगामी वैशाख पहिलो सातासम्ममा पुल निर्माणको काम सम्पन्न हुनेछ ।
पुल निर्माण नहुँदा जिल्लाबाट काठमाडौँ वा काठमाडौँबाट जिल्ला हिँडेका यात्रु हरेक दिनजसो बाटैमा अलपत्र पर्नेगरेका थिए । सामान्य पानी परेसँगै सोखु खोलामा बाढी आउने हुँदा बिजोग हुने गरेको फिक्कल गाउँपालिका ६ का रिता तामाङले बताइन् ।
सोखु खोलामा पुल निर्माण गर्ने जिम्मा सुरुमा पप्पु नेपाल प्रगति जेभीले लिएको थियो । तर, पप्पु नेपालसँग ठेक्का तोडिएपछि वाइपी–विकास एण्ड ब्रदर्श–आत्रेय जेभीले पुल निर्माणको जिम्मा लिएको छ । आत्रेयले ७७ साल कात्तिक २६ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापले जनाएको छ । सोही राजमार्गमा पर्ने खाङसाङ खोला र उक्त सोखु खोलाको पुल गरी दुई वटा पुल निर्माण गर्न ५ करोड ३६ लाख ७७ हजार (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता भएको हो । हाल, आत्रेयले नै धमाधम पुलको निर्माण काम अघि बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: