Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

नेपाल पर्यटन बोर्डको कामलाई थप नतिजामुखी बनाउन पर्यटनमन्त्रीद्वारा निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आज आयोजित कार्यक्रममा उनले मन्त्रालय र मातहत निकायका कामलाई नतिजामुखी बनाउन लागिपर्ने विश्वास व्यक्त गरे । 

पर्यटनमन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढङ्गले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररैे अघि बढ्ने बताए । 

“केही नीतिगत कुरा रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन्”, उनले भने । पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउन जरुरी रहेको बताए । 

उनले सबैले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए । नवनियुक्त पर्यटनमन्त्री तामाङ्लाई पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले स्वागत गरेका थिए । 

बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानुन र सोही अनुरुपको सहकार्य आवश्यक भएको बताए । 

उनले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधि तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका आयोजना गरिने कार्यक्रमका लाागि कार्यविधि नहुँदा ती कार्यक्रम प्रभावित भएकोले सहजीकरण गरिदिन मन्त्रीसमक्ष आग्रह गरे । बोर्डको कर्मचारी युनियनको तर्फबाट धारणा राख्दै अधिकृत सुदन सुवेदीले बोर्ड सदस्य तथा कार्यकारी प्रमुखको नियुक्ति छिटो गर्न सके बोर्डका कार्यक्रम प्रभावकारी हुने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्यमन्त्रीमा नियुक्त जसपाका प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त...

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा र मातहतका समितिबाट भएगरेका काम कारबाही र गतिविधिका समाचार सन्तुलित रुपमा सम्प्रेषण ग...

मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक छ: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान् र विपद्जन्य पूर्वसूचना प्रणालीलाई...

प्रदेशसभा बैठकः पूर्वाग्राही नराखी काम गर्न सरकारलाई सुझाव

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट...

एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् ।  प्रदेशसभामा आज विश्वासको मत प्र...

भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की

एजेन्सी । पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने ...

अर्थमन्त्री पुनद्वारा साझेदारहरुसँग छलफल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका सम्बन्धमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि...

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा ‘वाइल्ड कार्ड’मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाह...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन  भएका छन् ।  प्रहरी प्रधान कार्यालयले आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies