Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

दोस्रो आवधिक योजना निर्माणमा जुट्यो लुम्बिनी प्रदेश सरकार

खबरडबली संवाददाता

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको छ । प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक निर्माण गरिएको आवधिक योजनाको समय सकिन लाग्दा प्रदेश सरकार योजना आयोगले दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको हो ।

प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक आर्थिक वर्ष २०७५/७६ मा बनाइएको पहिलो आवधिक योजना निर्माण गरिएको थियो । पहिलो आवधिक योजना निर्माण अधिकांश तथ्याङ्कको कमी रहे पनि आवधिक योजनामा महत्त्वपूर्ण योजना निर्माण गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसी बताउँछन् । 

उनले पहिलो आवधिक योजना कार्यान्वयनका क्रममा यस अवधिमा तीन हजार तीन सय ६२ किलोमिटर सडक पूर्वाधार विकास भएको, ९० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको, प्रदेशका जनतामा इन्टरनेटको पहुँच वृद्धि र महिलाको साक्षरता दरमा वृद्धिजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । 

उनले कुनै पनि योजना कार्यान्वयन र योजनामा समेट्नुपर्ने विषय राज्यको तल्लो निकायबाट आउँदा कार्यान्वयनमा सहज हुने भएकाले आगामी आवधिक योजनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र कार्यकारी प्रमुखसँग योजना आयोगले छलफल थालेको बताए । 

आगामी आवधिक योजनाका लागि प्रदेश योजना आयोगले आर्थिक वर्ष २०८०/८१ देखि २०८६ सम्म लागू हुने ‘समृद्ध लुम्बिनीः आर्थिक विकास, शुसासन, समानता र समुन्नत सोच’का साथ स्थानीय तह, जिल्ला र प्रादेशिक कार्यालयसँग प्रारम्भिक मस्यौदामा छलफल सुरु गरेको छ । कृषि, उद्योग, पर्यटन र हरित अर्थतन्त्रका क्षेत्रमा बृहत्तर रोजगारी तथा उद्यमशीलताका विद्यमान सम्भावनाको उपयोग गर्दै नयाँ सम्भावनाको समेत पहिचान गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने रणनीति रहेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष केसीले बताए । 

रणनीतिक महत्वका पूर्वाधारको विकास र विस्तार, आन्तरिक आय र राजस्वको क्षेत्र तथा दायरा विस्तार गर्दै स्रोत र साधनको विवेकशील विनियोजन, खर्च गर्ने क्षमतामा वृद्धि एवं आयोजनाको प्राथमिकताका आधारमा लगानी वृद्धि गर्ने रणनीतिसहितको आवधिक योजनाको खाका बनाउन थालिएको उनले बताए । 

प्रथम आवधिक योजनाले आर्थिक वर्ष २०८०/८१ सम्ममा १० दशमलव ५४ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने लक्ष्य लिएको थियो । गत आव २०७९/८० सम्ममा जम्मा दुई दशमलव शुन्य दशमलव छ प्रतिशत प्रगति हासिल भएको छ । यसै आधारमा दोस्रो आवधिक योजनाको पाँच वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको छ ।  त्यसअनुसार कृषिमा चार दशमलव दुई र गैरकृषिमा सात दशमलव नौ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण प्रदेश सरकारले गरेको उपाध्यक्ष केसीले बताए । 

लुम्बिनी प्रदेशका १२ जिल्लामा जम्मा ५३ लाख जनसङ्ख्या रहेकामा दोस्रो आवधिक योजना सफल बनाउनका लागि रु १५ खर्ब ५३ अर्ब ३० करोड बजेट चाहिने अनुमान गरिएको छ । त्यसअन्तर्गत ३६ प्रतिशत सार्वजनिक क्षेत्र, ६० प्रतिशत निजी, एक प्रतिशत सहकारी र एक प्रतिशत सामुदायिक क्षेत्रका लगानी हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगले बनाएको प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिनका लागि अहिले प्रदेश मातहतका मन्त्रालयदेखि स्थानीय तहका जनप्रतिनिधिसँग छलफल थालिएको लुम्बिनी प्रदेश योजना आयोजका सचिव खिमबहादुर कुँवरले जानकारी दिए । केन्द्र सरकार  पनि १६औँ आवधिक योजना बनाउने तयारीमा रहेको छ । 

प्रदेश र केन्द्रले आवधिक योजनामा प्रशासनिक खर्च कम र पुँजीगत खर्च बढी हुनेगरी योजना ल्याउन रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख फणेद्रप्रसाद शर्माले सुझाव दिए । प्रदेश सरकारले महत्वकाङ्क्षी योजनाभन्दा पनि पहिलो आवधिक योजनाको कार्यान्वयनको समीक्षा गर्दै दोस्रो आवधिक योजना बनाउनुपर्ने उनको सुझाव छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीकाे पाटनमा एक पुरुष शव फेला

बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन...

पोखराको एक खोलामा बालकको शव फेला

पोखरा । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो ।  शवको पहिचान हुन बाँकी ...

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ ।  जल ...

अब आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छ: मन्त्री भण्डारी

कर्णाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताएका छन् ।  दैलेखको भैरवी गाउँपालिका–१...

चौंरी हेर्ने गन्तव्य बन्दै हेलम्बु

चौतारा । हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ  ।  चौँरीप्रति आन्तरिक त...

सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार सुनुवाइ हुने ...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र...

गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएकाे विश्वासको मत विवादमा, कांग्रेस अदालत जाने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले...

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८...

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके । सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो ।  सामान्य रुपमा फेसबुकमा भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies