बेइजिङ । चीनले महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टचार भएको स्विकार गरेको छ । सो परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आशंकामा रहेका फरार अधिकारीहरूलाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय खोज सुरु गर्ने तयारी गरिरहेको छ ।
सत्तारुढ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीनको भ्रष्टाचार विरोधी निगरानी निकाय केन्द्रीय अनुशासन निरीक्षण (सीसीडीआई) ले मंगलबार हङकङस्थित सीमापार भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएका विभिन्न निकायसँगको बैठकमा यस्तो निर्णय गरेको साउथ चाइना मर्निङ पोस्टले जानकारी दिएको छ ।
‘हामीले बेल्ट एण्ड रोड इनिसिएटिभ निर्माणको अखण्डतालाई बलियो बनाउनु पर्छ र भ्रष्टाचार विरुद्धको कडा र लामो लडाई जित्नको लागि बलियो समर्थन र दृढ ग्यारेन्टी प्रदान गर्न भ्रष्टाचार विरुद्ध उच्च दबाव अडानलाई सुदृढ पार्नु पर्छ,’ सीसीडीआईले बैठक पछि जानकारी दिदैँ भनेको छ ।
पार्टीद्वारा सञ्चालित पिपुल्स डेलीका अनुसार बिआरआइ परियोजनालाइ भ्रष्टचारमुक्त बनाउने सीसीडीआईको योजनालाई कार्यान्वयन गर्ने प्रयास स्वरूप धेरै महिना पछि दोस्रो रिपोर्ट बाहिर आएको हो ।
गत महिना सीसीडीआईको वार्षिक प्रतिवेदनले बीआरआईसँग सम्बन्धित भ्रष्टाचार विरुद्ध लड्ने र सन २०२४ को लागि सीसीडीआईले निरीक्षणको कामलाइ प्राथमिकतामा राखेको बताएको थियो ।
विगत दश वर्षमा चीनले सो परियोजनामार्फत ट्रिलियन अमेरिकी डलर बराबर लगानी गरिएको छ, तर यसरी गरिएको लगानीमा चिनियाँ अधिकारी तथा प्राप्तकर्ता देशका कर्मचारीको मिलोमतोमा भ्रष्टचार भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको जनाइएको छ ।
अघिल्लो घोषणा अनुसार बीआरआईसँग सम्बन्धित विवादका सबै मुद्दा चीनमा स्थापित न्यायिक निकायबाट सञ्चालन हुनेछन् । बिआरआई परियोजनामा भ्रष्टाचार विरोधी अभियानको लागि सिसिडिआइ योजनाहरू विशेष गरी साना र मझौला देशहरूमा भ्रष्टाचार र उच्च प्रोफाइल परियोजनाको अव्यवस्थापनको आरोपको बीचमा आउँछन्, जसले गर्दा धेरै एशियाई र अफ्रिकी देशलाई ठूलो ऋणको जालमा फस्न गएको छ ।
भ्रष्टचार गरेका कारण साे परियाेजनाकाे अन्तराष्ट्रिय बेइज्जत हुन गएकाे चीनकाे बुझाइ रहेकाे छ, जसकाकारण साे परियाेजनामा अनियमितता र भ्रष्टचार गर्नेलाइ दण्डित गर्ने याेजना स्वरूप विश्वब्यापी खाेजी गर्न लागिएकाे चाइना मर्निङ पाेष्टले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: