म्याग्दी । म्याग्दीमा डढेलोले वनजङ्गल उजाड बन्न थालेका छन् । मानवीय लापरबाहीका कारण वनजङ्गलमा डढेलो बढेसँगै जङ्गल उजाड बनेका छन् भने वातावरण प्रदूषण र मानवीय क्षतिको जोखिम बढेको छ ।
वसन्त ऋतुको आगमनसँगै जिल्लाका विभिन्न वनक्षेत्रमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिए । यस वर्ष हिउँद याममा वर्षा कम भएको र सुक्खा ठाउँमा प्रज्वलनशील वस्तुको लापरबाहीले दिनहुँ डढेलो लाग्न थालेको छ ।
“पछिल्लो साता दिनहुँ वनजङ्गलमा आगलागीका घटना घटेका छन्, हामीले स्थानीयवासीलाई सजकता र सतर्कता अपनाउन अनुरोध गर्ने गरेका छौँ”, उनले भने । पछिल्ला केही दिनमा विभिन्न जङ्गलमा डढेलो लागेको छ । वनजङ्गलमा लागेको आगो बस्तीतर्फ आउन थालेपछि मात्रै सर्वसाधारणले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गर्ने गरेको वन अधिकृत अधिकारीले बताए।
कार्यालयले वन डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि घाँस राम्रो हुने भन्दै वनजङ्गलमा आगो लगाउने चलन बढेको पाइएको छ । गत सोमबार सदरमुकाम बेनीबजार नजिकै रहेको बराहपाखो सामुदायिक वन क्षेत्रमा लागेको भिषण डढेलो बजारमै पस्ने जोखिम बढेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि, सर्वसाधारण र दमकल परिचालन गरेर नियन्त्रण गरिएको थियो । आगलागीले बराहपाखो सामुदायिक वनको अधिकांश क्षेत्र उजाड र नाङ्गो भएको छ ।
अन्नपूर्ण गाउँपालिकाका वन क्षेत्रमा डढेलोका घटना बढेका छन् । उक्त गाउँपालिकाको पोखरेबगर, घार, महभिर, आरुबोट डिम्मरे पानी, साल्जाको वन, दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, हिस्तानलगायत ठाउँका वनक्षेत्रमा डढेलो लागेको छ । विगतका वर्षको तुलनामा यस वर्ष वन क्षेत्रमा आगजनीका घटना बढेको अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
जिल्लाको मङ्गला, मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिनहुँ आगजनी भइरहेको छ । आगलागीले वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । आगजनीबाट वनस्पति, वन्यजन्तु र वन्यतन्तुको बासस्थानलाई नष्ट गर्ने र मानव स्वास्थ्य र वातावरणमा असर पर्ने भएकाले डढेलो लगाउने कार्यलाई रोक्नुपर्ने वन अधिकृत अधिकारी बताउँछन्।
वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ । जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेत्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचनान आउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
डढेलो लागेको सूचना पाए पनि आगलागीलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन हुने गरेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने गरेको बताए। वन डढेलो रोकथामका लागि स्थानीय तहले आवश्यक पहल गर्न सकेका छैनन् । डढेलो लगाउने व्यक्तिको पहिचान र आवश्यक कानुनी कारबाही गर्नसकेमा यस्ता कार्यलाई निरुत्साहित गर्न सकिने र वन डढेलो रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने सरोकारवाला बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...




प्रतिकृया लेख्नुहोस्: