म्याग्दी । म्याग्दीमा डढेलोले वनजङ्गल उजाड बन्न थालेका छन् । मानवीय लापरबाहीका कारण वनजङ्गलमा डढेलो बढेसँगै जङ्गल उजाड बनेका छन् भने वातावरण प्रदूषण र मानवीय क्षतिको जोखिम बढेको छ ।
वसन्त ऋतुको आगमनसँगै जिल्लाका विभिन्न वनक्षेत्रमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिए । यस वर्ष हिउँद याममा वर्षा कम भएको र सुक्खा ठाउँमा प्रज्वलनशील वस्तुको लापरबाहीले दिनहुँ डढेलो लाग्न थालेको छ ।
“पछिल्लो साता दिनहुँ वनजङ्गलमा आगलागीका घटना घटेका छन्, हामीले स्थानीयवासीलाई सजकता र सतर्कता अपनाउन अनुरोध गर्ने गरेका छौँ”, उनले भने । पछिल्ला केही दिनमा विभिन्न जङ्गलमा डढेलो लागेको छ । वनजङ्गलमा लागेको आगो बस्तीतर्फ आउन थालेपछि मात्रै सर्वसाधारणले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गर्ने गरेको वन अधिकृत अधिकारीले बताए।
कार्यालयले वन डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि घाँस राम्रो हुने भन्दै वनजङ्गलमा आगो लगाउने चलन बढेको पाइएको छ । गत सोमबार सदरमुकाम बेनीबजार नजिकै रहेको बराहपाखो सामुदायिक वन क्षेत्रमा लागेको भिषण डढेलो बजारमै पस्ने जोखिम बढेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि, सर्वसाधारण र दमकल परिचालन गरेर नियन्त्रण गरिएको थियो । आगलागीले बराहपाखो सामुदायिक वनको अधिकांश क्षेत्र उजाड र नाङ्गो भएको छ ।
अन्नपूर्ण गाउँपालिकाका वन क्षेत्रमा डढेलोका घटना बढेका छन् । उक्त गाउँपालिकाको पोखरेबगर, घार, महभिर, आरुबोट डिम्मरे पानी, साल्जाको वन, दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, हिस्तानलगायत ठाउँका वनक्षेत्रमा डढेलो लागेको छ । विगतका वर्षको तुलनामा यस वर्ष वन क्षेत्रमा आगजनीका घटना बढेको अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
जिल्लाको मङ्गला, मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिनहुँ आगजनी भइरहेको छ । आगलागीले वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । आगजनीबाट वनस्पति, वन्यजन्तु र वन्यतन्तुको बासस्थानलाई नष्ट गर्ने र मानव स्वास्थ्य र वातावरणमा असर पर्ने भएकाले डढेलो लगाउने कार्यलाई रोक्नुपर्ने वन अधिकृत अधिकारी बताउँछन्।
वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ । जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेत्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचनान आउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
डढेलो लागेको सूचना पाए पनि आगलागीलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन हुने गरेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने गरेको बताए। वन डढेलो रोकथामका लागि स्थानीय तहले आवश्यक पहल गर्न सकेका छैनन् । डढेलो लगाउने व्यक्तिको पहिचान र आवश्यक कानुनी कारबाही गर्नसकेमा यस्ता कार्यलाई निरुत्साहित गर्न सकिने र वन डढेलो रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने सरोकारवाला बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: