Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाउँदा कसरी कानूनी राज्य स्थापित हुन्छ ? : प्रभु साह

खबरडबली संवाददाता

काठमाडाैं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाईएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले गौर हत्याकाण्डको दोषी भनेर किटानी जाहेरी परेको व्यक्तिलाई नै मन्त्री बनाईँदा सुशासन र कानूनी राज्य कसरी स्थापित हुन्छ ? भनेर प्रश्न सोधेका छन् ।

‘आज गौरहत्याकाण्डको १७ वर्ष पुगेको दिन हो । म सर्वप्रथम महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । पीडित परिवारप्रति समवेदन व्यक्त गर्न चाहन्छु । झण्डै १७ वर्षदेखि लगातार संघर्षमा रहेका पीडित परिवारहरुसँग पटक पटक सरकारले न्यायको लागि प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत साउन २३ गते वर्तमान सरकारले गौर हत्याकाण्डको छानबिन गर्छु र दोषीलाई कारबाही गर्छु भनेर लिखित सहमति गर्यो ।

तर, आज ती घट्नामा मुछिएका र त्यो घट्नाको दोषी भनेर जसको नाममा जोहरी दरखास्त छ । विभिन्न न्यायिक आयोगले त्यो घट्नामा दोषी भनेर किटान गरेको व्यक्तिलाई मन्त्री बनाईयो,’ साहले भने, ‘यसरी सुशासन र कानूनी राज्यको कुरा अनि मानवअधिकारको कुरा गम्भीर भैरहेको सन्दर्भमा, यी र यस्ता घट्नाहरु जो मानवअधिकार र कानूनी शासनसँग जोडिएको छ । यसलाई कसरी प्राथमिकतामा लैजान्छौं र देशलाई आश्वस्त पार्छौं भन्ने प्रश्न गम्भीर भैरहेको छ । आगामी बजेटमा यस्ता विषयलाई प्राथमिकतामा राख्न माग गर्दछु ।’

देशमा आर्थिक संकट रहेको र उद्योग-धन्दा चौपट बनेको र मुठ्ठीभरका मान्छे मालामाल भएको उनले बताए । उनले अहिले खुलेआम देशको पैसा लुटेर विदेश लैजाने काम पनि भैरहेको टिप्पणी गरे । उनले भगौडा दलाल वर्गलाई कारबाही गरिनु पर्नेमासमेत उनले जोड दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending