महोत्तरी। लोकतान्त्रिक समाजवादी पाटीको केन्द्रिय बैठकमा संविधान संसोधनको धारणा अगाडि सारेको छ ।
संविधानको धारा २४७(७) लाई निष्कृय बनाई ७ प्रदेशको सट्टा पहिचानका आधारमा १० प्रदेश बनाउनु पर्ने धारणा अगाडी सारेको हो । मधेशप्रदेश वाहेक ६ वटा प्रदेशमा अन्य समुदायको बाहुल्यता भए तापनी खस(आर्यहरु नै सत्तामा एकाधिकार रहेको बताउदै संघीय व्यवस्था समबन्धी धाराहरु विभेदपुर्ण भएको बैठकमा निष्कर्ष निकालिएको छ ।
लोसपाका वरिष्ठ सह(अध्यक्ष सर्वेन्द्रनाथ सुक्लले प्रस्तुत गरेको राजनीतिक अवधारणामा राष्ट्रियसभाको गठनलाई लिएर पनि असन्तुष्टी जनाईएको छ । उक्त सभामा ३ जना मनोनीत हुने व्यवस्था वाहेक प्रत्येक प्रदेशवाट जनसंख्याको कुनै विचार नगरी ८/८ जनाका दरले ५६ जना सभासदहरु निर्वाचित हुने व्यवस्था गलत भएको औल्याइएको हो ।
५४ लाख जनसंख्या रहेको प्रदेशवाट पनि ८ जना मात्रै सभासद हुने व्यवस्था बिभेदपुर्ण भएको जिकिर गर्दै बैठकमा राष्ट्रियसभाको गठन सम्बन्धि धाराहरु संसोधनद्वारा खारेज गर्नुपर्ने माग गरिएको छ ।
बैठकमा बहुभाषिक नीति अनुरुप केन्द्र, प्रदेश र स्थानिय तहहरुमा सरकारी कामकाजको लागी अन्य भाषाको समेत प्रयोग गर्न पाउनुपर्ने अवधारणा अगाडि सारिएको छ ।
बैठकमा सत्ता बहिर्गमनको बिषय समेत जोडदार रुपमा उठाईएको छ । गठबन्धन जोडिनु र भत्किनु शिर्ष नेताहरुको स्वार्थ हावी भएको भन्दै गठबन्धन कै कारण मधेश प्रदेशमा लोसपाले ७ सिट मात्र ल्याएको र राष्ट्रिय पार्टी बन्न नसकेकोसमेत स्विकार गरिएको छ ।
२०६४ फाल्गुन १ देखि फाल्गुन १६ सम्म भएको आन्दोलनका क्रममा राज्य र आन्दोलनरत दलविच भएको ८ बुद्दे सहमती विपरित काम भएको बैठकमा चर्चा भएको छ । सोही आन्दोलनले मधेशका मुल मुद्दा स्थापित भएको जिकिर गर्दै बैठकमा यस्लाई निस्तेज बनाउने गरी कतिपय लागेको पनि जनाइएको छ ।
गत ६ गतेदेखी बर्दिवासमा जारी बैठकमा २ सय भन्दा बढी केन्द्रिय सदस्य, ६४ जना पदाधिकारीहरुको उपस्थिति रहेको छ । आजै उक्त बैठकले निष्कर्ष सहित सार्वजनिक गर्ने प्रबक्ता आभास लाभले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: