Ntc summer Offer
Khabar Dabali ४ भाद्र २०८२ बुधबार | 20th August, 2025 Wed
Investment bank

नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाडौंमा गरिने

खबरडबली संवाददाता

काठमाडौं । विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गरिने भएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्लीको संयुक्त आयोजनामा चैत १४ देखि १६ गतेसम्म काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेका सन्दर्भमा सम्मेलनमा छलफल हुनेछ । नेपाल र भारतमा संस्कृतका धेरै विश्वविद्यालय, महाविद्यालय र विद्यालय छन् । नेपाल, भारतबाहेकका विभिन्न विदेशी विश्वविद्यालयमा समेत संस्कृत अध्ययन गर्ने, गराउने धेरै शोधार्थी, प्राध्यापक रहेका छन् । 

प्राचीन संस्कृतका ग्रन्थको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटी विकसित हुँदै आएको छ । विश्वभरिको संस्कृतको नेतृत्व संशाधन एवं जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्दछ भन्ने अपेक्षा विश्वले नै गरेकाले यससम्बन्धी छलफल गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक डा प्रेमराज न्यौपानेले जानकारी दिए । 

नेपाल–भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएका थिए । नेपालमा विसंं २०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यस सम्मेलनले नेपालमा संस्कृत विश्वविद्यालय स्थापना गरिनुपर्ने घोषणापत्र जारी गरेको थियो । त्यही सम्मेलनदेखि संस्कृत विश्वविद्यालय स्थापनाका बारेमा बहस सुरु भएको थियो । फलस्वरुप विसं २०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना भयो । विसं २०६३ वैशाख ११ गतेको परिवर्तनपछि विश्वविद्यालयको नाम फेरि नेपाल संस्कृत विश्वविद्यालय राखिएको हो ।

त्यसैगरी दोस्रो पटक २०५१, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौंमा नेपाल–भारत संस्कृत सम्मेलन भएको थियो । यस वर्ष हुने सम्मेलनले नेपालको संस्कृतको  गतिविधिलाई भारतमा एवं भारतमा भइरहेको संस्कृतको कामबारे पनि नेपालमा परस्पर बोध गराउने संयोजक न्यौपानेले बताए । 

नेपाल तथा भारतको भूमि संस्कृत भाषा, साहित्य, ज्ञान–विज्ञान आदि अनेकौँ विषयवस्तुको उद्गमस्थल मानिन्छ । नेपाल र भारत दुवैको सामरिक एवं साझा सम्पत्तिका रूपमा संस्कृतभाषा प्राचीनकालदेखि रहेको छ । नेपाल एवं भारतमा पनि वर्तमान औपचरिक शिक्षाको प्रारम्भ हुनुभन्दा पहिलेदेखि नै संस्कृतको अध्ययन अध्यापन विभिन्न व्यक्ति तथा संस्थाका माध्यमबाट हुँदै आएको छ ।

भारत र नेपालका विभिन्न स्थानमा पनि संंस्कृतको सुदीर्घ परम्परा अझै विश्वले नै देखिरहेको सम्मेलन आयोजक समितिले जनाएको छ । दुवै देश अहिलेको राजनीतिक सीमामा स्थापित हुनुभन्दा पहिलेदेखि नै संस्कृत भाषा र यसमा नीहित ज्ञानको भण्डारलाई साझा सम्पत्तिकारूपमा सहजै आदानप्रदान गर्ने गर्दथे । यसको आज अझ बढी आवश्यकता रहेकैले सम्मेलन आयोजना गरिएको जनाइएको छ । ‘विद्या हराए काशी जानु’ भन्ने उखान अहिले पनि जनजनमा स्मरणीय छ ।  

नेपाल तथा भारतका संस्कृतका विशिष्ट विद्वानले गर्ने आपसी संवादबाट संसारको कल्याणका लागि संस्कृतको महत्वपूर्ण भूमिका हुने विषयलाई सम्मेलनले स्थापित गर्ने जनाइएको छ । साथै आगामी गन्तव्य के कस्तो हुनुपर्दछ भन्ने निर्धारण गर्नु आजको आवश्यकता हो भन्नेमा विद्वान्को एकमत रहेको सन्दर्भमा तीन दिवसीय संस्कृत सम्मेलन आयोजना गर्न लागिएको हो । “दुवै देशको विकासको आधार संस्कृत हो । परिवर्तित वैश्विक सन्दर्भमा संस्कृतले कसरी हामीलाई दिशानिर्देश गर्न सक्दछ भन्ने गहन पृष्ठभूमिका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो”,आयोजक समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नेपाल र भारतका संस्कृतसम्बन्धी साझा धारणा यस सम्मेलनबाट निश्चित हुने जनाइएको छ । त्यसबाट विश्वभरिकै नेतृत्व दुवै देशका संस्कृतज्ञले लिन सक्षम हुने र ऐतिहासिक संस्कृत सम्मेलन बन्नेछ भन्ने विश्वास लिइएको छ ।
 
‘नेपाल र भारतको विकासमा संस्कृतको योगदान: दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको विशिष्ट अध्ययन गर्नु’, ‘संस्कृतको वैश्विक प्रभाव: विश्वका विभिन्न भाषाहरूमा संस्कृतका प्रभाव’का बारेमा छलफल गर्दै त्यसको सान्दर्भिकताका विषयमा चिन्तन गर्नु सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा नेपाल र भारतका गरी ८० जना विद्वान्को सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

संस्कृत सम्मेलनको उद्घाटन पहिलो दिन चैत १४ गते गरिने छ । चैत १५ र १६ गते दुई दिन विशेषज्ञबाट प्रस्तुति हुने आयोजक समितिले जनाएको छ । सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय तथा केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका उपकुलपतिलगायत अन्य विभिन्न विश्वविद्यालयका उपकुलपति तथा विशिष्ट आचार्यको उपस्थितिमा अनुसन्धानमूलक कृतिको प्रस्तुतीकरणसमेत गरिनेछ ।

सम्मेलनमा नेपाल र भारतका संस्कृतसँग सम्बन्धित विषयवस्तुमाथि गहन विमर्श गरिनेछ । वरिष्ठ प्राध्यापकबाट अनुभव, ज्ञान र विज्ञतामा आधारित विषयवस्तुको प्रस्तुतिले सम्मेलनलाई विद्वत्तापूर्ण बनाउने विश्वास गरिएको छ । नवीन चिन्तन प्रणालीलाई संस्कृतले कसरी धारण गर्नुपर्छ भन्ने विषयमा समेत परामर्श हुनेछ । विश्वभर संस्कृतको विस्तार गर्न नेपाल र भारतका विद्वान्को योगदानबारे चर्चा गरिनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलले फेरि आक्रमण गरे नयाँ मिसाइल तैनाथ गर्ने इरानको घोषणा

तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि त...

जनमतको सम्मान गर्नु दलहरूको दायित्व हाे: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको प्रमुख द...

अष्ट्रेलियामा ४६ वर्षपछि मृत्यु कर पुनः लागू हुँदै

काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरेको ‘मृत्यु कर’ (डेथ ट्याक्स) पुनः लागू गर्ने तयारी गरेको छ । विज्ञहरूका अनुसार यो करले देशमा पुस्तागत असम...

उपसभामुख हटाउने तयारीकाे कांग्रेसबाटै विरोध

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्कि...

रवि भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएको छ, तर भैरहवा कारागारको तुलनामा नख्खुमा सेवा–सुविधा राम्रो

प्रचण्डसँग लामिछानेले भने-कांग्रेस र एमालेले सुनियोजित रूपमा फसाए

आधुनिक बाजाले कैलालीका बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने  औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउछन् । त्यसपछि तयार भए...

लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन: पुन

कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरे

रियल म्याड्रिडले स्पेनिस लिगकाे जितमा एमबाप्पेको निर्णायक गोल

काठमाडौं । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस लिगमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति...

संसद् भवनका कर्मचारीद्वारा आन्दोलनको घोषणा

काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकप...

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending