Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आयो: मन्त्री तामाङ

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संविधान र परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आएको बताएका छन् ।

काभ्रेको अनैकोटमा आयोजित २६ औँ साँस्कृतिक सहिद दिवस एवं सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।
‘हामीले भनेको र सोचेको सबै कुरा समावेश नभए पनि विगतका विभिन्न चरणमा घोषणा गरिएका संविधानभन्दा अग्रगामी संविधान बनेको छ, कमसेकम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई संस्थागत गरेका छौँ,’ मन्त्री तामाङले भने, ‘यी राजनीतिक उपलब्धिहरुलाई कमजोर हुन नदिनका लागि फेरि सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आएको छ ।’

मन्त्री तामाङले यो वा त्यो बहानामा क्रान्तिकारीहरु अलग्गिएर बस्न नहुनेमा समेत जोड दिए । उनले भने, ‘यदि कसैले आफूलाई क्रान्तिकारी र गणतन्त्रवादी शक्ति भन्छन् भने यो संविधानको रक्षाको निम्ति सबै एक ठाउँमा हुन आवश्यक छ । संविधानको विरुद्धमा हुन सक्ने सबैखाले गतिविधि र षड्यन्त्रका विरुद्ध हामी एक भएर लाग्नुको विकल्प छैन ।’

संविधान र परिवर्तित उपलब्धिका रक्षाका निम्ति समाजवादी मोर्चा बनेको समेत मन्त्री तामाङको भनाई थियो । टुटफुट र विभाजनको श्रृंखला जारी रहे अहिलेको परिवर्तनलाई रक्षा गर्न सक्दैनौँ कि भन्ने प्रश्न बलियो भएर जाने उनको भनाई थियो ।

त्यस्तै, क्रान्तिकारी शक्तिहरु कमजोर हुँदा प्रतिक्रान्तिकारीहरुले परिवर्तन र व्यवस्था विरोधी कदम चालिरहेको समेत उनले उल्लेख गरे । ‘प्रतिक्रान्तिकारीहरु जसले यो व्यवस्था र परिवर्तनको विरोध गरेर आफ्नो राजनीति धानिराखेका छन्, उनीहरुले संसददेखि सडकसम्म राजतन्त्र पुर्नस्थापना गर्ने सपना देखिरहेका छन्, त्यो सम्भव छैन,’ मन्त्री तामाङले थपे, ‘परिवर्तन विरोधीहरुबाट जसरी जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको छ, त्यसलाई परास्त गर्नका लागि पनि हामी एकढिक्का हुन जरुरी छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending