काठमाडौं । नुवाकोट काठमाडौं पत्रकार समाजले नुवाकोट, लिखु–४ रानीभार निवासी रिक्सा चालक पाण्डव राईको परिवारको सहयोगार्थ सङ्कलित रु दुई लाख एक सय पाँच आज हस्तान्तरण गरेको छ ।
हाल कामपा खुसीबुँ बस्ने रिक्सा चालक राईको गत फागुन २६ गते ५६ वर्षका उमेरमा निधन भएको थियो । उनकाे परिवार शव परिवहन, शवदहन र किरिया खर्चका अभावले बिलखबन्दमा परेको देखेर समाजले देशविदेशबाट रकम सङ्कलन गरेको थियो भने प्रेषित समाचारबाट थाहा पाएका अन्यले पनि सहयोग गरेका थिए ।
सोअनुसार राजधानीका पत्रकार, व्यवसायी, साहित्यकार, चिकित्सक, समाजसेवीबाट रु ३० हजार एक सय पाँच र पत्रकार रामचन्द्र भट्टका संयोजनमा अमेरिका, टेक्सास नुवाकोट समुदायबाट रु एक लाख ७० हजार सङ्कलन भएको थियो । अन्य समाजसेवीबाट पनि करिब रु १५ लाख गरी हालसम्म रु १८ लाख उठिसकेको स्व पाण्डवका छोरा सरोजले जानकारी दिए । किरियामा उनकी आमा माइली पनि रहेकी छिन् ।
पत्रकार समाजका अध्यक्ष रमेश जमकट्टेलका नेतृत्वमा पशुपति क्षेत्र विकास कोष, किरियापुत्री भवन (कोठा नं १०७) मा गएका सहसंयोजक नवराज घिमिरे र अन्य सदस्य तथा अमेरिका, टेक्सासबाट आएका नुवाकोटका प्रतिनिधि देवेन्द्र गजुरेल (लिखु–१, ढिकुरे बजार) ले आज सो रकम हस्तान्तरण गर्दै दाताले दिएको रकम सदुपयोग गर्न पीडितलाई आग्रह गरे ।
पूर्वप्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्व राईको दाहसंस्कारका साथै पीडितलाई अन्य सहयोग गरेका थिए । राईको शव उनकै रिक्सामा राखेर परिवारका सदस्यले चलाउँदै, घचेट्दै पशुपति, विद्युतीय शवदाहगृहमा पुर्याएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...
पौष ७ गते, २०८२ - १७:३६
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...
पौष ७ गते, २०८२ - १७:३४
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...
पौष ७ गते, २०८२ - १७:३२
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा ...




प्रतिकृया लेख्नुहोस्: