धनकुटा । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग मिलेर कोशी प्रदेशका औद्योगिक ग्राम सञ्चालनमा ल्याइने जानकारी दिएका छन् ।
आज धनकुटा नगरपालिका–६ अमलेटारमा रहेको औद्योगिक ग्रामको अवलोकन तथा निरीक्षण गर्दै उनले कृषिमा आधारित औद्योगिक ग्राम सञ्चालनमा ल्याइने जानकारी दिए । “उद्योग सञ्चालनको जिम्मा तीनै तहको हो”, खत्रीले भने, “हामी सबैसँग छलफल गरेर नीति तथा कार्यक्रम बनाउँछौँ ।”
कोशी प्रदेशअन्तर्गत १४ जिल्लामा सञ्चालित तथा सञ्चालनको तयारीमा रहेका एक स्थानीय तह एक औद्योगिक ग्राममा कृषिजन्य उद्योग सञ्चालनमा ल्याउने योजना बनाइने मन्त्री खत्रीले जानकारी दिए ।
निरीक्षणका क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले औद्योगिक ग्राम र यहाँ सञ्चालनमा रहेका लघुउद्यमका बारेमा जानकारी दिएका थिए । थापाले ५९ रोपनीमा निर्माणाधीन ६२ ग्रामको भवनमा हाल निर्मित २७ मध्ये नौ भवनमा लघुउद्योग सञ्चालनमा रहेको जानकारी दिए ।
मन्त्री खत्रीले ग्राममा आवश्यक खानेपानी आपूर्ति तथा उद्योग पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहलकदमी गरिनेलगायत विषयमा सहयोग गर्ने आश्वासन दिए । मन्त्री खत्रीले आज घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय र धनकुटा बहुमुखी क्याम्पसको निरीक्षण गरेर यसको वस्तुस्थितिका बारेमा जानकारी लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: