Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

गौरबाट पोखरा जाँदै गरेको बस राेकी राखेकाे ट्रकमा ठाेक्किँदा एकजनाकाे मृत्यु

खबरडबली संवाददाता

रौतहट। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन् । चितवनको इच्छाकामना-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएकाे हाे।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । अन्य घाइतेहरुमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३ वर्षीय हाकिम मिया, बसका यात्रु सर्लाही बरहथवा नगरपालिका मिलनचोकका २५ वर्षीया पूजा गुप्ता,  भारतको विहार  मजफरपुर जिल्लाका ३९ वर्षीया रिता गुप्ता, सोही जिल्ला रमनगराका ३२ वर्षीय अम्बरनाथ कुमार रहेका छन् । उनीहरुकाे   चितवन स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।

बस चालक नवलपरासी कावासोती-१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङ सहित दुर्घटनामा परेको बस प्रहरीकाे नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर। भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने...

आज देशभरी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश...

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: