Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

बन्दबाट ५० अर्बको नोक्सानी

\"banda\"मोरङ । संयुक्त मधेसी मोर्चाको १६ दिन लामो बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रसहित पूर्वाञ्चलका विभिन्न जिल्लामा अहिलेसम्म करिब रु ५० अर्ब घाटा भएको छ । एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योग सङ्गठन मोरङका अनुसार बन्दका कारण अधिकांश उद्योगको उत्पादन ठप्प भएको छ । उद्योगमा राखिएको कच्चा पदार्थ पनि नष्ट भएर जान थालेको छ । उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार राज्य पक्षबाट शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदा उद्योग बन्दकर्ताको निसाना बन्दै जान थालेको छ । निरन्तरको बन्दले व्यापार व्यवसाय चौपट भएको अध्यक्ष अग्रवालको भनाइ छ । स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिए उद्योग व्यवसाय खोल्न आफूहरु तयार रहेको उनले बताए । करिडोर क्षेत्रका उद्योगले दैनिक १५ करोड नोक्सान बेहोर्न परेपनि राज्यले बन्द खोल्न चासो नदिएको अग्रवालले आरोप लागए । मजदुर र कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने पूर्वाञ्चलमा मात्रै दैनिक दुई अर्बभन्दा बढीको नोक्सानी भइरहेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालको भनाइ छ । यो क्षेत्रका होटल समेत सुनसान छन् । दश दिनयता यातायात, शैक्षिक संस्था, उद्योग व्यवसायसहित सबै क्षेत्र ठप्प छ । यातायात बन्द हुँदा विराटनगरका सरकारी र निजी अस्पतालमा समेत बिरामीको चाप छैन । विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवाल विद्युत्  कटौतीले आक्रान्त बनेका व्यवसायी बन्दको मारमा पर्दा थला परेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies