Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ जना मनोनीत

खबरडबली संवाददाता

देवघाट । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजज्यूको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत भएका छन् ।  फागुन २५ गते सम्पन्न आश्रमको २९औं साधारणसभा  (विशेष सभा)ले सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत गरेको हो । 

मनोनित हुनेहरुमा आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी आद्वेतानन्द गिरि, गैंडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलंकी काठमाडौंका एकारत्न आचार्य, विदुर नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्र प्रसाद अर्याल, नक्साल काठमाडौंका सुशील कुमार पन्त, बसुन्धरा काठमाडौंका सुनीलपाणि गौतम, बाँसबारी काठमाडौंका विष्णु पोख्रेल, मित्रपार्क काठमाडौंका डा. बासुदेवकृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा.डा. मनोहरलाल प्रधान, टोखा काठमाडौंका दिपक कुँवर र टाँडी चितवनका रामहरि अर्याल रहेका छन् । 

उनीहरु चार वर्षका लागि सञ्चालक समिति सदस्य मनोनीत भएको गलेश्वर आश्रमले जानकारी दिएको छ । देवघाटघाम–५, तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना विक्रम सम्वत् १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रह्मचारी  (गलेश्वर बाबा)ले गरेका हुन् ।

आश्रमअन्तर्गत १८५ वटा कुटी रहेका छन् । त्यसैगरी ज्योतिर्लिंगेश्वर महादेव, सिद्धेश्वर महादेव, गंगामाता मन्दिर, संक्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिंग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन् ।

आश्रम अन्तर्गत बेद बेदांग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ । उक्त विद्यालय गलेश्वर बाबाले सन् २०२३ मा स्थापना गरेका हुन् ।  हाल आश्रमको पीठाधीशमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज छन् ।

उनको पदाभिषेक २०५३ सालमा शंकराचार्य जयन्तीका दिन भएको थियो । हालसम्म स्वामीजीको कुशल नेतृत्वमा आश्रम सञ्चालित छ । आश्रमअन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिब सय कोठाको साधक भवन रहेको छ । आश्रम अन्तर्गतको वेद वेदांग विद्यालय भवनमा १५ कोठा थियो ।

हाल करिब १५ करोड लगानीमा बनेको वेद वेदांग संस्कृत विद्यापीठ भवन सम्पन्न हुने अवस्थामा पुगेको छ । ४३ कोठे यो भवनमा सन्ध्या हल र कार्यक्रम हल पनि छ । आश्रमअन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुको लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय र स्नानकक्ष छन् । तीर्थयात्रीको लागि निःशुल्क बास र भोजको व्यवस्था आश्रमले मिलाएको छ । 

आश्रमअन्तर्गत देवघाटवासीको लागि निःशुल्क रुपमा देवघाट धर्मार्थ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको छ । आश्रमद्वारा सञ्चालित देवघाट एनआरएन बृद्धाश्रममा ८५ जना बृद्धबृद्धाहरु सेवाग्राही रहेका छन् ।

आश्रमको उद्देश्यअनुसार निःशुल्क भोजन, निःशुल्क संस्कृत शिक्षा, तिर्थवास र निःशुल्क स्वास्थ्य सेवा गर्दै “अतिथि देवो भवः” मूल मन्त्रको साथै पञ्चशालामार्फत हरेक तिर्थयात्री र भक्तजनहरुले सेवा लिन र दिन सक्ने वयवस्था मिलाइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending