देवघाट । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजज्यूको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत भएका छन् । फागुन २५ गते सम्पन्न आश्रमको २९औं साधारणसभा (विशेष सभा)ले सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत गरेको हो ।
मनोनित हुनेहरुमा आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी आद्वेतानन्द गिरि, गैंडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलंकी काठमाडौंका एकारत्न आचार्य, विदुर नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्र प्रसाद अर्याल, नक्साल काठमाडौंका सुशील कुमार पन्त, बसुन्धरा काठमाडौंका सुनीलपाणि गौतम, बाँसबारी काठमाडौंका विष्णु पोख्रेल, मित्रपार्क काठमाडौंका डा. बासुदेवकृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा.डा. मनोहरलाल प्रधान, टोखा काठमाडौंका दिपक कुँवर र टाँडी चितवनका रामहरि अर्याल रहेका छन् ।
उनीहरु चार वर्षका लागि सञ्चालक समिति सदस्य मनोनीत भएको गलेश्वर आश्रमले जानकारी दिएको छ । देवघाटघाम–५, तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना विक्रम सम्वत् १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले गरेका हुन् ।
आश्रमअन्तर्गत १८५ वटा कुटी रहेका छन् । त्यसैगरी ज्योतिर्लिंगेश्वर महादेव, सिद्धेश्वर महादेव, गंगामाता मन्दिर, संक्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिंग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन् ।
आश्रम अन्तर्गत बेद बेदांग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ । उक्त विद्यालय गलेश्वर बाबाले सन् २०२३ मा स्थापना गरेका हुन् । हाल आश्रमको पीठाधीशमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज छन् ।
उनको पदाभिषेक २०५३ सालमा शंकराचार्य जयन्तीका दिन भएको थियो । हालसम्म स्वामीजीको कुशल नेतृत्वमा आश्रम सञ्चालित छ । आश्रमअन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिब सय कोठाको साधक भवन रहेको छ । आश्रम अन्तर्गतको वेद वेदांग विद्यालय भवनमा १५ कोठा थियो ।
हाल करिब १५ करोड लगानीमा बनेको वेद वेदांग संस्कृत विद्यापीठ भवन सम्पन्न हुने अवस्थामा पुगेको छ । ४३ कोठे यो भवनमा सन्ध्या हल र कार्यक्रम हल पनि छ । आश्रमअन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुको लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय र स्नानकक्ष छन् । तीर्थयात्रीको लागि निःशुल्क बास र भोजको व्यवस्था आश्रमले मिलाएको छ ।
आश्रमअन्तर्गत देवघाटवासीको लागि निःशुल्क रुपमा देवघाट धर्मार्थ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको छ । आश्रमद्वारा सञ्चालित देवघाट एनआरएन बृद्धाश्रममा ८५ जना बृद्धबृद्धाहरु सेवाग्राही रहेका छन् ।
आश्रमको उद्देश्यअनुसार निःशुल्क भोजन, निःशुल्क संस्कृत शिक्षा, तिर्थवास र निःशुल्क स्वास्थ्य सेवा गर्दै “अतिथि देवो भवः” मूल मन्त्रको साथै पञ्चशालामार्फत हरेक तिर्थयात्री र भक्तजनहरुले सेवा लिन र दिन सक्ने वयवस्था मिलाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: