Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

खबरडबली संवाददाता

म्याग्दी ।  म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका हुन् ।

ग्रामीण क्षेत्रमा सडकको विस्तारसँगै यातायात, प्रविधि र सञ्चारको विस्तार हुँदै गएपछि नागरिक सुविधाभोगी हुनाका साथै परम्परागत प्रविधिको संरक्षणमा ध्यान नदिँदा यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल लोप हुन थालेका पाको पुस्ताका ज्येष्ठ नागरिकको भनाइ छ ।

बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका मालिका गाउँपालिका–६ का ७४ वर्षीय टीकाजित पुनले बताए ।

एकताका तेल र घीउमा आत्मनिर्भर मानिने म्याग्दीको पश्चिमी क्षेत्रमा अहिले तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ । “पहिला जिल्लामा प्रशस्त मात्रामा उखु, तोरी र अमिलोखेती गरिन्थ्यो, जङ्गलमा प्रशस्तै चिउरी फल्थ्यो, चिउरी पेलेर पनि तेल निकालिन्थ्यो”, पुनले भने, “अहिले त मान्छेले तेलबाली पनि लगाउन छाडे, कोल हराइनै सके ।”

उनका अनुसार हिउँदयामका दिन फुर्सदिला हुने भएकाले कोलमा प्रत्येक परिवारले उखु र तेल पेल्ने चलन थियो । आजभोलि कोल पनि हराइसकेको उनले त्रताए  । अलिअलि बेचेका कोल पनि प्रयोगविहीन भएका  मङ्गला गाउँपालिका–२ का ७९ वर्षीय भीमबहादुर सेनले बताए ।

जलवायु परिवर्तनसँगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले उखु र अमिलो पेल्ने कोल हराउँदै गएका उहाँको बुझाइ छ । उनका अनुसार कोल प्रायः सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको थियो । विगतमा जिल्लाभरि सयौँको सङ्ख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका उनले बताए  ।

दुर्गम गाउँमा रहेका एक÷दुई कोल पनि विस्तारै प्रयोगविहीन छन् । कोल लोप भएसँगै जिल्लामा तेलहन बालीको खेती लगाउनेको सङ्ख्या पनि घट्दै गएको छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको र कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले कोल लोप हँुदै गएका ज्येष्ठ नागरिकको भनाइ छ ।

धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप हुँदै गएका बेनी नगरपालिका–४ का भक्तिराम पौडेलले बताए । “ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन्”, उनले भने, “पानीबाट चल्ने पानीघट्ट पनि विस्थापित भइसकेका छन् ।”

कोल मात्र होइन, कुटानी–पिसानीका अन्य घरेलु मेसिन समेत बिस्तारै लोप भएका छन् । ढिक्की, जाँतो, ओखल, सिलौटासमेत बिस्तारै लोप हुँदै गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । ब्याट्री र विद्युत्बाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदै गएको स्थानीय डेकबहादुर सिउथानीले बताए । 

जनजाति समुदायले प्रयोग गर्दै आएका घरेलु मेसिनलाई परिमार्जन गर्न नसक्दा लोप हुँदै गएको उनको भनाइ छ । पुर्खाले प्रयोग गर्दै आएका घरेलु मेसिन लोप हुँदा आधुनिक मेसिनको आयात बढेको सिउथानीले बताए । केही वर्षपछि नेपालीले प्रयोग गर्ने घरेलु मेसिन पूर्णरुपमा लोप हुने र पूरै आयातीत मेसिनबाट गाउँ भरिने पुराना पुस्ताको चिन्ता छ ।     
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending