Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

खबरडबली संवाददाता

म्याग्दी ।  म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका हुन् ।

ग्रामीण क्षेत्रमा सडकको विस्तारसँगै यातायात, प्रविधि र सञ्चारको विस्तार हुँदै गएपछि नागरिक सुविधाभोगी हुनाका साथै परम्परागत प्रविधिको संरक्षणमा ध्यान नदिँदा यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल लोप हुन थालेका पाको पुस्ताका ज्येष्ठ नागरिकको भनाइ छ ।

बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका मालिका गाउँपालिका–६ का ७४ वर्षीय टीकाजित पुनले बताए ।

एकताका तेल र घीउमा आत्मनिर्भर मानिने म्याग्दीको पश्चिमी क्षेत्रमा अहिले तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ । “पहिला जिल्लामा प्रशस्त मात्रामा उखु, तोरी र अमिलोखेती गरिन्थ्यो, जङ्गलमा प्रशस्तै चिउरी फल्थ्यो, चिउरी पेलेर पनि तेल निकालिन्थ्यो”, पुनले भने, “अहिले त मान्छेले तेलबाली पनि लगाउन छाडे, कोल हराइनै सके ।”

उनका अनुसार हिउँदयामका दिन फुर्सदिला हुने भएकाले कोलमा प्रत्येक परिवारले उखु र तेल पेल्ने चलन थियो । आजभोलि कोल पनि हराइसकेको उनले त्रताए  । अलिअलि बेचेका कोल पनि प्रयोगविहीन भएका  मङ्गला गाउँपालिका–२ का ७९ वर्षीय भीमबहादुर सेनले बताए ।

जलवायु परिवर्तनसँगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले उखु र अमिलो पेल्ने कोल हराउँदै गएका उहाँको बुझाइ छ । उनका अनुसार कोल प्रायः सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको थियो । विगतमा जिल्लाभरि सयौँको सङ्ख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका उनले बताए  ।

दुर्गम गाउँमा रहेका एक÷दुई कोल पनि विस्तारै प्रयोगविहीन छन् । कोल लोप भएसँगै जिल्लामा तेलहन बालीको खेती लगाउनेको सङ्ख्या पनि घट्दै गएको छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको र कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले कोल लोप हँुदै गएका ज्येष्ठ नागरिकको भनाइ छ ।

धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप हुँदै गएका बेनी नगरपालिका–४ का भक्तिराम पौडेलले बताए । “ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन्”, उनले भने, “पानीबाट चल्ने पानीघट्ट पनि विस्थापित भइसकेका छन् ।”

कोल मात्र होइन, कुटानी–पिसानीका अन्य घरेलु मेसिन समेत बिस्तारै लोप भएका छन् । ढिक्की, जाँतो, ओखल, सिलौटासमेत बिस्तारै लोप हुँदै गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । ब्याट्री र विद्युत्बाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदै गएको स्थानीय डेकबहादुर सिउथानीले बताए । 

जनजाति समुदायले प्रयोग गर्दै आएका घरेलु मेसिनलाई परिमार्जन गर्न नसक्दा लोप हुँदै गएको उनको भनाइ छ । पुर्खाले प्रयोग गर्दै आएका घरेलु मेसिन लोप हुँदा आधुनिक मेसिनको आयात बढेको सिउथानीले बताए । केही वर्षपछि नेपालीले प्रयोग गर्ने घरेलु मेसिन पूर्णरुपमा लोप हुने र पूरै आयातीत मेसिनबाट गाउँ भरिने पुराना पुस्ताको चिन्ता छ ।     
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending