Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सहकारीमार्फत कृषिमय गाउँ बन्यो सर्कुवा

खबरडबली संवाददाता

बागलुङ । कुनै समय एउटा प्लास्टिक टनेल नभएको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँमा अहिले ४२ मात्रै आधुनिक प्लास्टिक टनेल छन् । अस्थायी टनेल त्यो सङ्ख्याको दोब्बर छन् ।
बसाइँसराइले आक्रान्त बनेको गाउँ अहिले सहकारीमार्फत कृषिमय बन्दै आएको छ । यहाँ आउने हरेक कृषिका कार्यक्रम सर्कुवा गाउँको साना किसान कृषि सहकारी संस्थामार्फत हुँदै आएका छन् । सहकारीमार्फत उपकरण, तालिम र अनुदानको व्यवस्था मात्रै सहकारीले गरेको नभई आलु, बेसार र अदुवा आफैँ उत्पादन गर्दै आएको छ ।

मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमसमेत सहकारीमार्फत २०७७ सालदेखि तीन वर्ष सहकारीमार्फत चलेको थियो । साना किसान कृषि सहकारी संस्थाले अदुवा, बेसार र आलुखेती गर्दै आएको छभने कृषिका कार्यक्रमलाई किसानसँग सहकारीमार्फत जोड्दै आएको छ ।  विसं २०७९ मा स्थापना भएको सहकारीले सुरुआती चरणमा बचत तथा ऋण कारोबारमात्रै गर्दै आएकामा पाँच वर्षयता उद्देश्यअनुरुप बेसार, अदुवा र एक वर्षयता आलुखेती गर्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष प्रभाकर पौडेलले जानकारी दिए ।

पाँच सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमार्फत यहाँका किसानलाई कृषिमा प्रेरित गर्ने, अनुदानका कार्यक्रम ल्याउने र बजारीकरणमा सघाउने गर्दै आइएको छ । “विसं २०७७ अघि सर्कुवामा प्लास्टिक टनेल थिएनन्, मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणा भएपछि सहकारीमार्फत नै उक्त कार्यक्रम आएको थियो, सर्कुवा गाउँमा ४२ आधुनिक प्लास्टिक टनेल निर्माण गरिएको थियो, ७८ गोठको भकारो सुधार गरिएको थियो”, अध्यक्ष पौडेलले भने, “एउटा प्लास्टिक टनेल नभएको गाउँमा अहिले कृषिको क्रान्ति नै आएको छ, सहकारीमार्फत अहिले ३० किसानले अदुवा र बेसार खेती गर्नुभएको छ, सहकारीमार्फत ३५ रोपनी जग्गामा यस वर्षदेखि आलुखेती गर्न थालिएको छ ।”

नगरपालिकाबाट अनुदानमा आएको अदुवा र बेसारको बीउ सहकारीमार्फत किसानलाई दिने र उत्पादनपछि ५० प्रतिशत बीउ फिर्ता लिने सहकारीको नीतिअनुसार किसान अदुवा तथा बेसारखेतीमा आकर्षित भएका छन् । किसानले बीउका लागि लगेको अदुवा र बेसार उत्पादनपछि ५० प्रतिशत फिर्ता गरेपछि सहकारीले उक्त बीउ पुनः बजारीकरण गरेर आम्दानी गर्दै आएको छ ।

यस वर्ष सहकारीले १३ क्विन्टल बेसार बिक्रीका लागि तयारी अवस्थामा राखेको छभने दुई क्विन्टल अदुवा नगरपालिकामार्फत बजारीकरण गर्ने भएको छ । मुख्यमन्त्री नमूना कृषि गाउँमार्फत साना किसान सहकारीमार्फत रु ५२ लाख अनुदानबाट गाउँ कृषिमय हुन थालेको उनले बताए ।

अहिले खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारीले ३५ रोपनी जग्गामा आलुखेती गर्न थालेको र पहिलो चरणमा दुई मेट्रिकटन आलु उत्पादन गरेर बजारीकरणको तयारीमा जुटेको अध्यक्ष पौडेलले जानकारी दिए । सहकारीमार्फत कृषि ज्ञान केन्द्रको रु तीन लाख अनुदानमा पहिलोपटक ३५ रोपनी जग्गामा आलुखेती गरिएको छ । आलुखेतीका लागि कृषि ज्ञान केन्द्रले सहकारीलाई आलुको बीउदेखि सिँचाइको व्यवस्था मिलाएको थियो । रु ४५ लाख शेयर पूँजी रहेको सहकारीको आफ्नै कार्यालय भवन र दुईजनालाई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ ।

बसाइँसराइको समस्या रहेको उक्त स्थानमा सहकारीमार्फत कृषि थालेपछि यहाँका नागरिकलाई राहत मिलेको छ । यहाँका किसानले प्लास्टिक टनेलमार्फत उत्पादन गरेको टमाटर, काउली, साग र सिमी तथा सहकारीमार्फत उत्पादन गरिएको आलु, बेसार र अदुवाको बजारीकरणमा भने समस्या रहेको सर्कुवाका अगुवा किसान खगेन्द्र थापाले बताए ।

सर्कुवाबाट बागलुङ बजार कुश्मा बजार टाढा रहेकाले बजारीकरणमा समस्या भएको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणमा मात्रै ठूलो रकम खर्च भइरहेको नगर प्रमुख नरबहादुर पुनले बताए । उनले बजारीकरणको मात्रै नगरपालिकाले जिम्मा लिन सक्ने हो भने उत्पादनमा किसान थप प्रेरित हुने जनाउँदै कृषि एम्बुलेन्सको अवधारण ल्याइने बताए । 

“किसानले उपभोग गरेरसमेत बाँकी रहेको कृषि उपजलाई बजारसम्म पु¥याउने, व्यावसायिक उत्पादनलाई सोझै बजार पढाउँदा बिचौलियाको अन्त्य हुँनेछ”, पुनले भने, “कृषि उपजको ढुवानीमा ठूलो रकम खर्च भइरहेको हामीले देखेका छौँ, नगरपालिकाले एउटा कृषि एम्बुलेन्स दिन सकेमा किसानले आफैँ व्यवस्थापन गरेर चलाउँदा आधाभन्दा सस्तो मूल्यमा बजार पठाउन सकिन्छ ।” सहकारीले उत्पादन गर्दै आएको बेसार र अदुवालाई सुकाएर बिक्री गर्नका लागि ‘ड्राइ मेसिन’ दिने नगरपालिकाको तयारी छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending