Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

सहकारीमार्फत कृषिमय गाउँ बन्यो सर्कुवा

खबरडबली संवाददाता

बागलुङ । कुनै समय एउटा प्लास्टिक टनेल नभएको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँमा अहिले ४२ मात्रै आधुनिक प्लास्टिक टनेल छन् । अस्थायी टनेल त्यो सङ्ख्याको दोब्बर छन् ।
बसाइँसराइले आक्रान्त बनेको गाउँ अहिले सहकारीमार्फत कृषिमय बन्दै आएको छ । यहाँ आउने हरेक कृषिका कार्यक्रम सर्कुवा गाउँको साना किसान कृषि सहकारी संस्थामार्फत हुँदै आएका छन् । सहकारीमार्फत उपकरण, तालिम र अनुदानको व्यवस्था मात्रै सहकारीले गरेको नभई आलु, बेसार र अदुवा आफैँ उत्पादन गर्दै आएको छ ।

मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमसमेत सहकारीमार्फत २०७७ सालदेखि तीन वर्ष सहकारीमार्फत चलेको थियो । साना किसान कृषि सहकारी संस्थाले अदुवा, बेसार र आलुखेती गर्दै आएको छभने कृषिका कार्यक्रमलाई किसानसँग सहकारीमार्फत जोड्दै आएको छ ।  विसं २०७९ मा स्थापना भएको सहकारीले सुरुआती चरणमा बचत तथा ऋण कारोबारमात्रै गर्दै आएकामा पाँच वर्षयता उद्देश्यअनुरुप बेसार, अदुवा र एक वर्षयता आलुखेती गर्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष प्रभाकर पौडेलले जानकारी दिए ।

पाँच सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमार्फत यहाँका किसानलाई कृषिमा प्रेरित गर्ने, अनुदानका कार्यक्रम ल्याउने र बजारीकरणमा सघाउने गर्दै आइएको छ । “विसं २०७७ अघि सर्कुवामा प्लास्टिक टनेल थिएनन्, मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणा भएपछि सहकारीमार्फत नै उक्त कार्यक्रम आएको थियो, सर्कुवा गाउँमा ४२ आधुनिक प्लास्टिक टनेल निर्माण गरिएको थियो, ७८ गोठको भकारो सुधार गरिएको थियो”, अध्यक्ष पौडेलले भने, “एउटा प्लास्टिक टनेल नभएको गाउँमा अहिले कृषिको क्रान्ति नै आएको छ, सहकारीमार्फत अहिले ३० किसानले अदुवा र बेसार खेती गर्नुभएको छ, सहकारीमार्फत ३५ रोपनी जग्गामा यस वर्षदेखि आलुखेती गर्न थालिएको छ ।”

नगरपालिकाबाट अनुदानमा आएको अदुवा र बेसारको बीउ सहकारीमार्फत किसानलाई दिने र उत्पादनपछि ५० प्रतिशत बीउ फिर्ता लिने सहकारीको नीतिअनुसार किसान अदुवा तथा बेसारखेतीमा आकर्षित भएका छन् । किसानले बीउका लागि लगेको अदुवा र बेसार उत्पादनपछि ५० प्रतिशत फिर्ता गरेपछि सहकारीले उक्त बीउ पुनः बजारीकरण गरेर आम्दानी गर्दै आएको छ ।

यस वर्ष सहकारीले १३ क्विन्टल बेसार बिक्रीका लागि तयारी अवस्थामा राखेको छभने दुई क्विन्टल अदुवा नगरपालिकामार्फत बजारीकरण गर्ने भएको छ । मुख्यमन्त्री नमूना कृषि गाउँमार्फत साना किसान सहकारीमार्फत रु ५२ लाख अनुदानबाट गाउँ कृषिमय हुन थालेको उनले बताए ।

अहिले खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारीले ३५ रोपनी जग्गामा आलुखेती गर्न थालेको र पहिलो चरणमा दुई मेट्रिकटन आलु उत्पादन गरेर बजारीकरणको तयारीमा जुटेको अध्यक्ष पौडेलले जानकारी दिए । सहकारीमार्फत कृषि ज्ञान केन्द्रको रु तीन लाख अनुदानमा पहिलोपटक ३५ रोपनी जग्गामा आलुखेती गरिएको छ । आलुखेतीका लागि कृषि ज्ञान केन्द्रले सहकारीलाई आलुको बीउदेखि सिँचाइको व्यवस्था मिलाएको थियो । रु ४५ लाख शेयर पूँजी रहेको सहकारीको आफ्नै कार्यालय भवन र दुईजनालाई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ ।

बसाइँसराइको समस्या रहेको उक्त स्थानमा सहकारीमार्फत कृषि थालेपछि यहाँका नागरिकलाई राहत मिलेको छ । यहाँका किसानले प्लास्टिक टनेलमार्फत उत्पादन गरेको टमाटर, काउली, साग र सिमी तथा सहकारीमार्फत उत्पादन गरिएको आलु, बेसार र अदुवाको बजारीकरणमा भने समस्या रहेको सर्कुवाका अगुवा किसान खगेन्द्र थापाले बताए ।

सर्कुवाबाट बागलुङ बजार कुश्मा बजार टाढा रहेकाले बजारीकरणमा समस्या भएको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणमा मात्रै ठूलो रकम खर्च भइरहेको नगर प्रमुख नरबहादुर पुनले बताए । उनले बजारीकरणको मात्रै नगरपालिकाले जिम्मा लिन सक्ने हो भने उत्पादनमा किसान थप प्रेरित हुने जनाउँदै कृषि एम्बुलेन्सको अवधारण ल्याइने बताए । 

“किसानले उपभोग गरेरसमेत बाँकी रहेको कृषि उपजलाई बजारसम्म पु¥याउने, व्यावसायिक उत्पादनलाई सोझै बजार पढाउँदा बिचौलियाको अन्त्य हुँनेछ”, पुनले भने, “कृषि उपजको ढुवानीमा ठूलो रकम खर्च भइरहेको हामीले देखेका छौँ, नगरपालिकाले एउटा कृषि एम्बुलेन्स दिन सकेमा किसानले आफैँ व्यवस्थापन गरेर चलाउँदा आधाभन्दा सस्तो मूल्यमा बजार पठाउन सकिन्छ ।” सहकारीले उत्पादन गर्दै आएको बेसार र अदुवालाई सुकाएर बिक्री गर्नका लागि ‘ड्राइ मेसिन’ दिने नगरपालिकाको तयारी छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending