Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि तालिम

खबरडबली संवाददाता

दाङ । दाङमा विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय घोराहीले सरोकारवाला निकायलाई आज तालिम दिएको हो । 

तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाइबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । जैविक विविधताको संरक्षण गर्ने उद्देश्य तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकारी सुनिश्चित गर्नका लागि कार्यालयले काम गरिरहेको उनले बताए । 

सबै सर्प विषालु नहुने र सर्पको पहिचान नहुँदा स्थानीयले मार्ने गरिरहेकाले सो रोक्नका लागि विगतका वर्षदेखि वन कार्यालयले सचेतनमूलक र संरक्षणमुखी कार्य गर्दै आइरहेको प्रमुख श्रेष्ठले बताए । दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मारिहाल्ने मानव प्रवृति, पहिचानमा ज्ञान र उद्धारका लागि सीपको कमी, अनुसन्धान तथा प्रचारप्रसारको अभावमालगायत कारणले सर्प संरक्षणमा चुनौती देखिएको उनको भनाइ छ ।

स्थानीय वन, जङ्गलमा पाइने सर्प संरक्षणका लागि कार्यालयले बर्सेनि योजना बनाएर काम गरिरहेको भन्दै पछिल्ला केहीवर्षयता सर्प संरक्षण कार्य सफलतातर्फ उन्मुख भइरहेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रशिक्षक सर्प विज्ञ वसन्त सुवेदीले पछिल्लो सात वर्षमा आफूले पाँच हजार बढी सर्पको उद्धार गरेको जनाउँदै यस क्रममा दाङमा २६ प्रजातिका सर्प भेटिएकामा छ प्रजातिमात्रै विषालु पाइएको बताए । उनका अनुसार बाँकी २० प्रजाति अविषालु रहेका छन् । 

अध्ययनमा नेपालमा ८९ प्रजातिका सर्प पाइएको सर्प विज्ञ सुवेदीले जानकारी दिए । उनका अनुसार ८९ प्रजातिमध्ये १७ प्रजातिमात्रै विषालु भेटिएका छन् । विश्वमा पाइने सर्पमध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने उनको भनाइ छ ।

अविषालु सर्पले टोकेपनि मानिसको ज्यान नजाने भन्दै सुवेदीले विषालु सर्पले टोकेमा समयमै सावधानी अपनाउँन नसक्दा ज्यान जाने गरेको बताए । सर्प विज्ञ सुवेदीले सर्पले टोकिहाले प्राथमिक उपचारका नाममा ढिलाइ गर्न नहुने भन्दै तत्काल अस्पताल पुर्‍याउन नसके ज्यान जानेको सङ्ख्यामा कमी ल्याउन सकिने बताए । 

कार्यक्रममा सर्प उद्धारसम्बन्धी सीप जीवित सर्प ल्याएर देखाइएको थियो । डिभिजन वन कार्यालय र मातहतमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्तालगायतको सहभागितामा भएको कार्यक्रममा सर्पका बारेमा विस्तृत जानकारी, पहिचानका तरिका, उद्धारको सीपलगायत विषयमा तालिम दिइएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending