Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

विद्यालय शिक्षा सुधार्न सहकार्य गर्न शिक्षामन्त्री श्रेष्ठको अपिल

खबरडबली संवाददाता

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सुधार गर्न र नयाँ शैक्षिक सत्रमा भर्ना कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकारसँग छलफल थालेकी छन् । पहिलो चरणमा आज दिउँसो ११ बजे ६ वटै महानगरका प्रमुख, उप–प्रमुखहरूसँग छलफल गरेकी हुन्  । 

छलफल कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, काठमाडौँ महानगरकी उप-प्रमुख सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी र पोखरा महानगरकी उप–प्रमुख मञ्जुदेवी गुरुङ सहभागी थिए  । उनीहरुले आ–आफ्नो महानगरका शिक्षा सम्बन्धी कार्यक्रमहरूको प्रस्तुति राख्नुभएको थियो भने शिक्षामन्त्रीलाई सुझाव पनि दिएका थिए । 

भौतिक र अनलाइन दुवै माध्यमबाट भएको छलफलमा महानगरका प्रमुख, उप(प्रमुखहरूले विद्यालयमा पठनपाठनलाई प्रभावकारी बनाउन, निजी विद्यालयको शुल्क अनुगमन गर्न, सामुदायिक विद्यालयहरूको अनुगमन र निरीक्षण र समग्र रूपमा विद्यालय शिक्षा सुधारका समसामयिक विषयमा छलफल भएको थियो।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई नयाँ भर्ना, शिक्षक तथा स्रोत व्यवस्थापनका लागि शिक्षा मन्त्रालयबाट हुनुपर्ने सहयोगबारे चासो राखेकी थिईन् । ‘म तपाईँहरुसँग सिक्न चाहन्छु र सहकार्य गर्न चाहन्छु। शिक्षा सुधारमा सफलता हासिल गर्न तिनै तहका सरकारको सहकार्य अति आवश्यक छ। हामी कसरी एकअर्काबाट सिक्न सक्छौं र अन्य पालिकाहरुमा पनि उत्कृष्ट अभ्यासहरू विस्तार गर्न सक्छौं भनेर अझ छलफल गर्नुपर्छ।’ मन्त्री श्रेष्ठले भनिन। चरणबद्ध रूपमा तीनै तहका सरकारबीच सहकार्य बैठक गर्ने र अर्को चरणमा प्रदेश सरकारहरू र अन्य पालिकाहरूसँग बैठक गर्ने उनले बताइन्।  

बैठकमा ललितपुरका मेयर चिरीबाबु महर्जनले पूर्वमन्त्रीहरुका असल कामहरूलाई निरन्तरता दिन शिक्षामन्त्रीलाई सुझाव दिएका थिए ।

सहभागीहरूले मुख्यतः सामुदायिक विद्यालयहरूमा शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यार्थीहरूको खाजाको गुणस्तर र छात्रवृत्ति, विद्यालयको संरचनात्मक सुधार, शिक्षकहरूको गुणस्तर र मनोबल वृद्धि, विद्यालयमा हुने दलीय राजनीतिको अन्त्यका लागि सहकार्य लगायतका विषयमा आफ्नो धारणा राखेका थिए। 

वीरगन्जका महानगरप्रमुख राजेशमान सिंहले शिक्षक दरबन्दी बढाउनुपर्ने बताएका थिए भने विराटनगरका प्रमुख नागेश कोइरालाले अभिभावक शिक्षामा जोड दिनुपर्ने र शिक्षकहरुले राजनीति दलमा संलग्न हुन नहुने बताए ।

यस्तै काठमाडौँ महानगरकी उप–प्रमुख सुनिता डङ्गोलले सबै पालिकाहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

यसैगरी भरतपुर महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले संस्थागत विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्तिको प्रावधान कार्यान्वयनमा लैजानुपर्ने बताए ।

पोखरा महानगरकी उप–प्रमुख मञ्जुदेवी गुरुङले छात्रवृत्ति र शुल्क अनुगमनकोलागि संघीय शिक्षा मन्त्रालयले पहल लिनुपर्ने बताएकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending