Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

६ हजार विद्यार्थीको भविष्यका लागि परीक्षा सञ्चालन गर्न मेयरको आग्रह

खबरडबली संवाददाता

रौतहट ।  रौतहटको फतुवा बिजयपुरकी मेयर अम्बेया खातुन ६ हजार विद्यार्थीको भविष्यको लागि आजदेखि हुने बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरेकी छन् । नगर क्षेत्र अन्तर्गतका कक्षा १ देखि ९ सम्मका ६ हजार बालबालिकाको भविष्यको सवाल भएकाले मेयर खातुनले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरेकी हुन् ।

नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिकाबाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको बिवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी छन्।

खातुनले आफू कार्यवाहक मेयरको जिम्मेवारि पाएदेखि नै केही जनप्रतिनिधि बिभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी छन्।

त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहाेर्‍याएका छन्। 'लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं , शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रिया अगाडस बढेको छ , तथापि ४ गते उन हालतमा पनि आइतबार सबैको खातामा जानेछ,' उपसचिव प्रधानले पुनः प्रतिवद्धता जनाए ।

फतुवा बिजयपुर नगरपालिकाको ३२ विद्यालयमा कार्यरत २०४ जना शिक्षक कर्मचारी र नगरपालिका लगायत अन्य गरी ३५० जना कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाएका छैनन्। तलबको माग गर्दै बुधबारदेखि नगरपालिका अगाडि धर्नामा बसेका शिक्षकहरुले आज बिहान १० बजेदेखि हुने बार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेका थिए।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले सम्पूर्ण शिक्षकको तलब खातामा नगएसम्म परीक्षा सञ्चालन नगर्ने निर्णय गरेका थिए। यसैबीच नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले पनि ६ हजार बालबालिकाको भबिस्य जोडिएको भएकाले आजदेखि हुने कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा निर्धारित समयमा सञ्चालन गर्न फतुवा विजयपुरका शिक्षकहरू लाई आग्रह गरेका छन्।

फतुवा बिजयपुर नगरपालिका स्थित ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बिधार्थी रहेको माबि सितलपुरका प्रधानाध्यापक बुनिलाल यादवले बताएका छन। फतुवा बिजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।

११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ। पार्टी भित्रै आन्तरिक खिचातानीको कारण त्यहाँ पटकपटक बिभिन्न समस्या उत्पन्न हुँदै आएको एक। नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव (जितेन्द्र)को गृह नगर फतुवा विजयपुरको समस्या समाधानको लागि उनले खासै चासो नलिएको स्थानीयहरूले बताउँदै आएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending