Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

६ हजार विद्यार्थीको भविष्यका लागि परीक्षा सञ्चालन गर्न मेयरको आग्रह

खबरडबली संवाददाता

रौतहट ।  रौतहटको फतुवा बिजयपुरकी मेयर अम्बेया खातुन ६ हजार विद्यार्थीको भविष्यको लागि आजदेखि हुने बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरेकी छन् । नगर क्षेत्र अन्तर्गतका कक्षा १ देखि ९ सम्मका ६ हजार बालबालिकाको भविष्यको सवाल भएकाले मेयर खातुनले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरेकी हुन् ।

नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिकाबाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको बिवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी छन्।

खातुनले आफू कार्यवाहक मेयरको जिम्मेवारि पाएदेखि नै केही जनप्रतिनिधि बिभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी छन्।

त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहाेर्‍याएका छन्। 'लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं , शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रिया अगाडस बढेको छ , तथापि ४ गते उन हालतमा पनि आइतबार सबैको खातामा जानेछ,' उपसचिव प्रधानले पुनः प्रतिवद्धता जनाए ।

फतुवा बिजयपुर नगरपालिकाको ३२ विद्यालयमा कार्यरत २०४ जना शिक्षक कर्मचारी र नगरपालिका लगायत अन्य गरी ३५० जना कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाएका छैनन्। तलबको माग गर्दै बुधबारदेखि नगरपालिका अगाडि धर्नामा बसेका शिक्षकहरुले आज बिहान १० बजेदेखि हुने बार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेका थिए।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले सम्पूर्ण शिक्षकको तलब खातामा नगएसम्म परीक्षा सञ्चालन नगर्ने निर्णय गरेका थिए। यसैबीच नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले पनि ६ हजार बालबालिकाको भबिस्य जोडिएको भएकाले आजदेखि हुने कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा निर्धारित समयमा सञ्चालन गर्न फतुवा विजयपुरका शिक्षकहरू लाई आग्रह गरेका छन्।

फतुवा बिजयपुर नगरपालिका स्थित ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बिधार्थी रहेको माबि सितलपुरका प्रधानाध्यापक बुनिलाल यादवले बताएका छन। फतुवा बिजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।

११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ। पार्टी भित्रै आन्तरिक खिचातानीको कारण त्यहाँ पटकपटक बिभिन्न समस्या उत्पन्न हुँदै आएको एक। नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव (जितेन्द्र)को गृह नगर फतुवा विजयपुरको समस्या समाधानको लागि उनले खासै चासो नलिएको स्थानीयहरूले बताउँदै आएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending