Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बसाइँसराइले गाउँ रित्तिएसँगै २५० वर्ष पुरानो मन्दिर गुमनाम

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६, लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । पूर्वका चतरा, पिण्डेश्वर, वराहक्षेत्रलगायतका समकालीन मन्दिर चर्चामा रहिरहँदा यो मन्दिर भने गुमनामझै भएको हो । 

विसं  २०५० यता यो मन्दिर ओझेलमा पर्न थालेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले बताए । २०४५ सालसम्म साधुसन्तसमेत रहेर नियमित पूजाआजा हुने गरेको थियो । शिवरात्रि, बालाचतुर्दशी, तिज, वैशाख र मङ्सिर पूर्णिमामा यहाँ भव्य पूजाआजा हुने र हजारौँ भक्तजनको घुइँचो लाग्ने गरेको गिरीले बताए । त्यसयता भने गाउँबाट बसाइँसराइ हुने क्रम बढेसँगै मन्दिरमा हुने चहलपहल पछि घट्यो । 

अध्यक्ष गिरीले भने, “२०५०र५१ सालसम्म समेत यहाँ धेरै राम्रो गाउँबस्ती भएकाले धेरै भक्तजनको जमघट हुन्थ्यो तर अहिले बसाइँसराइले गाउँ त रित्तियो नै मन्दिरसमेत सुनसान भयो ।” गाउँ वरपरका अलि अलि भक्तजन भेला भएर पूजाआजा गरे पनि टाढाबाट भक्तजन खासै आउँदैनन् । केही वर्ष नियमित पूजाआजासमेत हुन छाड्यो । अहिले भने नियमित पूजाको व्यवस्था गरिएको छ । भक्तजन कमी भएर भेटी पनि कम सङ्कलन  हुन थालेपछि २०५० सालयता मन्दिरको तिरोसमेत उठ्न छाडेको छ ।  

यो मन्दिर अरुण पूर्व एकीकरणको व्रmममा स्थापना गरिएको थियो । पूर्वी एकीकरणको जिम्मा पाएका जङ्गबहादुर राणाका जिजुबाजे काजी रामकृष्ण कुँवर र धनसिंह खड्काले तत्कालीन श्री ५ को आदेशमा नेपाल उपत्यका र विजयपुर क्षेत्रबाट सिपालु कालिगड झिकाइ विसं १८३१ देखि १८४१ को बिचमा यो मन्दिर निर्माण गरिएको अनुमान गरिएको छ । कलात्मक प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरमा सोही समयका गुणस्तरयुक्त इँटा र विभिन्न प्रकारका कला प्रयोग भएका छन् । मन्दिर निर्माणताका दुई मिटर अग्लो सुनको गजुर मन्दिरमा लगाइएको थियो ।

त्यस्तै पछि गीर्वाणयुद्धविव्रmम शाहले मन्दिरलाई ११ धार्नीको घन्ट चढाएका इतिहासविद् गोपाल भण्डारीले बताए । तर सुरक्षा अभावका कारण पञ्चायतकालमा सुनको गजुर र घन्टसहित बहुमूल्य वस्तु हराइसकेका छन् ।

विजयपुरबाट आएका सन्त मेहर गिरीले सपनामा सो स्थानमा शिवजी प्रकट भएको देखेपछि उठेर नबोली देखेको सिस्नो घारीमा लैनो गाई छोडिदिएर पछि लागेर हेर्दा गाईले शिवजी प्रकट भएको स्थानको एक पत्थरमा चारै थुनबाट दुध चढाएकाले तत्काल खबर गर्दा सो पत्थर उखेलेर काठमाडौं झिकाउने आदेश आयो तर पत्थर केही गरे पनि निकाल्न नसकेपछि सोही स्थानमा पूजाआजा गर्न थालेको हो । तत्कालीन सरकारले गिरीलाई नै प्रथम महन्त नियुक्ति गरेको भण्डारीले बताए । 

विसं १८९४ मा रणजङ्ग पाण्डेको उदय भएपछि थापा खलकसहित जङ्गबहादुर राणाका पिता बालनरसिंह कुँवरको सर्वस्व हरण गरिएपछि २० वर्षको उमेर हुँदा जङ्गबहादुरले भूमिगत जीवन अन्तर्गतको केही समय यहाँ बिताएका थिए । पछि जङ्गबहादुर प्रधानमन्त्री भएपछि लेगुवा आई थप पूर्वाधार निर्माण गरेका थिए । सो क्रममा १०८ खुड्किला भएको सिँढी, साधुसन्तका लागि पाटीपौवा, इनार, पोखरी, पोखरीको उत्तरतर्फ भीमसेन मन्दिर, पश्चिममा सरस्वती मन्दिर, दक्षिणमा नागमन्दिर स्थापना गरेका थिए । योबाहेक बाजागाजा राख्ने घर, १०८ साधुको लागि पाकघर र वार्षिक एक हजार एक सय मुरी अन्न उठाउने व्यवस्था मिलाइदिएको इतिहासविद् गोपाल भण्डारीले सङ्कलन गरेको दस्ताबेजमा उल्लेख छ ।  

जीर्ण अवस्थामा रहेको मन्दिर केही वर्षअघि पुरातìव विभाग र महालक्ष्मी नगरपालिकाले मर्मत गरेका थिए । अहिले पनि मन्दिरको थप संरचना र संरक्षणमा पालिका लागिरहेको महालक्ष्मी नगरपालिका–६ का वडाध्यक्ष शिवराज विश्वकर्माले बताए  । उनले भने, “यो हाम्रो मुख्य सम्पदा हो । आस्थाको धरोहर हो, धार्मिक मात्र नभई ऐतिहासिक महìवको यो मन्दिर संरक्षणसँगै प्रचारप्रसार गर्न हामी लागिपरेका छौँ ।”

नागेश्वर महादेव मन्दिरलगायतका सम्पदाको जीर्णोद्धार, विकास र प्रचारप्रसार गरी पर्यटक भिœयाउन सके लेगुवाको मुहार फेरिने महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताए  । प्रमुख रायले भने, “आस्था, पहिचान र इतिहास बोकेको यस मन्दिरको जीर्णोद्धार व्यवस्थापनमा लागेका छौँ, पहिलेको जस्तै गरी संरचना निर्माण उत्खनन त ग(यौँ तर मन्दिरमा पहिलेको जस्तो रौनक फर्काउन सकेका छैनौँ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending