Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

बसाइँसराइले गाउँ रित्तिएसँगै २५० वर्ष पुरानो मन्दिर गुमनाम

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६, लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । पूर्वका चतरा, पिण्डेश्वर, वराहक्षेत्रलगायतका समकालीन मन्दिर चर्चामा रहिरहँदा यो मन्दिर भने गुमनामझै भएको हो । 

विसं  २०५० यता यो मन्दिर ओझेलमा पर्न थालेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले बताए । २०४५ सालसम्म साधुसन्तसमेत रहेर नियमित पूजाआजा हुने गरेको थियो । शिवरात्रि, बालाचतुर्दशी, तिज, वैशाख र मङ्सिर पूर्णिमामा यहाँ भव्य पूजाआजा हुने र हजारौँ भक्तजनको घुइँचो लाग्ने गरेको गिरीले बताए । त्यसयता भने गाउँबाट बसाइँसराइ हुने क्रम बढेसँगै मन्दिरमा हुने चहलपहल पछि घट्यो । 

अध्यक्ष गिरीले भने, “२०५०र५१ सालसम्म समेत यहाँ धेरै राम्रो गाउँबस्ती भएकाले धेरै भक्तजनको जमघट हुन्थ्यो तर अहिले बसाइँसराइले गाउँ त रित्तियो नै मन्दिरसमेत सुनसान भयो ।” गाउँ वरपरका अलि अलि भक्तजन भेला भएर पूजाआजा गरे पनि टाढाबाट भक्तजन खासै आउँदैनन् । केही वर्ष नियमित पूजाआजासमेत हुन छाड्यो । अहिले भने नियमित पूजाको व्यवस्था गरिएको छ । भक्तजन कमी भएर भेटी पनि कम सङ्कलन  हुन थालेपछि २०५० सालयता मन्दिरको तिरोसमेत उठ्न छाडेको छ ।  

यो मन्दिर अरुण पूर्व एकीकरणको व्रmममा स्थापना गरिएको थियो । पूर्वी एकीकरणको जिम्मा पाएका जङ्गबहादुर राणाका जिजुबाजे काजी रामकृष्ण कुँवर र धनसिंह खड्काले तत्कालीन श्री ५ को आदेशमा नेपाल उपत्यका र विजयपुर क्षेत्रबाट सिपालु कालिगड झिकाइ विसं १८३१ देखि १८४१ को बिचमा यो मन्दिर निर्माण गरिएको अनुमान गरिएको छ । कलात्मक प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरमा सोही समयका गुणस्तरयुक्त इँटा र विभिन्न प्रकारका कला प्रयोग भएका छन् । मन्दिर निर्माणताका दुई मिटर अग्लो सुनको गजुर मन्दिरमा लगाइएको थियो ।

त्यस्तै पछि गीर्वाणयुद्धविव्रmम शाहले मन्दिरलाई ११ धार्नीको घन्ट चढाएका इतिहासविद् गोपाल भण्डारीले बताए । तर सुरक्षा अभावका कारण पञ्चायतकालमा सुनको गजुर र घन्टसहित बहुमूल्य वस्तु हराइसकेका छन् ।

विजयपुरबाट आएका सन्त मेहर गिरीले सपनामा सो स्थानमा शिवजी प्रकट भएको देखेपछि उठेर नबोली देखेको सिस्नो घारीमा लैनो गाई छोडिदिएर पछि लागेर हेर्दा गाईले शिवजी प्रकट भएको स्थानको एक पत्थरमा चारै थुनबाट दुध चढाएकाले तत्काल खबर गर्दा सो पत्थर उखेलेर काठमाडौं झिकाउने आदेश आयो तर पत्थर केही गरे पनि निकाल्न नसकेपछि सोही स्थानमा पूजाआजा गर्न थालेको हो । तत्कालीन सरकारले गिरीलाई नै प्रथम महन्त नियुक्ति गरेको भण्डारीले बताए । 

विसं १८९४ मा रणजङ्ग पाण्डेको उदय भएपछि थापा खलकसहित जङ्गबहादुर राणाका पिता बालनरसिंह कुँवरको सर्वस्व हरण गरिएपछि २० वर्षको उमेर हुँदा जङ्गबहादुरले भूमिगत जीवन अन्तर्गतको केही समय यहाँ बिताएका थिए । पछि जङ्गबहादुर प्रधानमन्त्री भएपछि लेगुवा आई थप पूर्वाधार निर्माण गरेका थिए । सो क्रममा १०८ खुड्किला भएको सिँढी, साधुसन्तका लागि पाटीपौवा, इनार, पोखरी, पोखरीको उत्तरतर्फ भीमसेन मन्दिर, पश्चिममा सरस्वती मन्दिर, दक्षिणमा नागमन्दिर स्थापना गरेका थिए । योबाहेक बाजागाजा राख्ने घर, १०८ साधुको लागि पाकघर र वार्षिक एक हजार एक सय मुरी अन्न उठाउने व्यवस्था मिलाइदिएको इतिहासविद् गोपाल भण्डारीले सङ्कलन गरेको दस्ताबेजमा उल्लेख छ ।  

जीर्ण अवस्थामा रहेको मन्दिर केही वर्षअघि पुरातìव विभाग र महालक्ष्मी नगरपालिकाले मर्मत गरेका थिए । अहिले पनि मन्दिरको थप संरचना र संरक्षणमा पालिका लागिरहेको महालक्ष्मी नगरपालिका–६ का वडाध्यक्ष शिवराज विश्वकर्माले बताए  । उनले भने, “यो हाम्रो मुख्य सम्पदा हो । आस्थाको धरोहर हो, धार्मिक मात्र नभई ऐतिहासिक महìवको यो मन्दिर संरक्षणसँगै प्रचारप्रसार गर्न हामी लागिपरेका छौँ ।”

नागेश्वर महादेव मन्दिरलगायतका सम्पदाको जीर्णोद्धार, विकास र प्रचारप्रसार गरी पर्यटक भिœयाउन सके लेगुवाको मुहार फेरिने महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताए  । प्रमुख रायले भने, “आस्था, पहिचान र इतिहास बोकेको यस मन्दिरको जीर्णोद्धार व्यवस्थापनमा लागेका छौँ, पहिलेको जस्तै गरी संरचना निर्माण उत्खनन त ग(यौँ तर मन्दिरमा पहिलेको जस्तो रौनक फर्काउन सकेका छैनौँ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending