Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जडीबुटीबाट बेपत्ता पुरुषको शव चोभारमा भेटियो

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको जडीबुटीबाट बेपत्ता ६० वर्षीय अर्जुन लामा मृत अवस्थामा भेटिएका छन् ।  चोभारस्थित मञ्जुश्रीपार्क नजिकै बिहीबार लामाको शव भेटिएको हो । 

केही दिनअघि पिकनिकमा गएका बालबालिकाले त्यहाँबाट एक जना व्यक्ति हामफालेको जस्तो देखिएको भन्दै खबर गरेका र त्यसपछि सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरेर खोजी गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनालले  बताए ।

‘ड्रोन ल्याएर हेर्दा पनि देखिएको थिएन, तर आज शव भेटियो’ खनालले भने, ‘खोल्सातिर अड्किएको र बगाएर हल्का तल ल्याएपछि भेटिएको हो कि जस्तो प्रारम्भिक जाँचमा देखिन्छ’ उनले भने । शव भेटिएपछि खोजतलासका लागि निवेदन दिएकाहरुको हुलिया हेर्दा जडीबुटीबाट हराएकै अर्जुन लामाको शव भएको खुलेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, लामाको परिवारले २२ फागुनमा घरबाट निस्किएका बुबा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरी वृत्त, बानेश्वरमा निवेदन दिएका थिए ।

प्रहरी क्लोज सर्किट क्यामरा फुटेजका आधारमा उनको खोजी गरिरहेको थियो । बिहीबार ललितपुर प्रहरीको क्षेत्रमा शव भेटिएको खबर पाएपछि परिवार गएर हेर्दा शव लामाको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार, अहिले उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरीले घटनाको कारणबारे अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको बताएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending