Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्डको फारम खुल्यो

खबरडबली संवाददाता

काठमाडौं । ‘दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८१’ हुने भएको छ । पहिलो अवार्डको सफलतापछि यो दोश्रो सिजनको अवार्ड आयोजना गर्न लागिएको हो ।

आयोजक टिमले यो अवार्डको तयारी सुरु भएको जनाएको छ ।  अवार्डको लागि बुधबारबाटै फारम खुला गरिएको छ । यो अवार्डको लागि आयोजक पक्षसँग सम्पर्क गरेर फारम लिने सकिने छ । एउटा फारमको शुल्क १ हजार रुपैयाँ लाग्ने छ । यो अवार्डका लागि आदिबासी जनजाति तथा गैर आदिबासीसमेतले तयार गरेको गीत संगीत तथा चलचित्रले आवेदन दिन सक्ने छ । तर सम्बन्धित चलचित्र तथा गीत संगीतले आदिबासी जनजातिको संस्कृति समेटेको हुनुपर्नेछ । अवार्डको आयोजना आगामी जेठको पहिलो साता आयोजना गरिने भएको छ ।

यो अवार्डमा २०७९ चैत देखि २०८० चैत मसान्तसम्म प्रकाशित गीत–संगीत तथा चलचित्रका कलाकार, प्राविधिक र सम्बन्धित विधाले यो अवार्डमा सहभागी हुन पाउने पनि अध्यक्ष गुरुङले बताएका छन् । बिगत झैं यसपटक पनि आदिबासी जनजाति गीत संगीत र चलचित्रलाई लक्षित गरेर यो अवार्ड आयोजना गर्न लागिएको आयोजक टिमका अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

यो अवार्डका लागि सहभागी हुन चाहनेहरुका लागि बुधबारबाटै फारम खुला गरिएको पनि आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् । अध्यक्ष गुरुङका अनुसार गीत–सङ्गीत तथा चलचित्र दुबैतर्फ गुरुङ, मगर, थकाली, थारु, नेवारी, तामाङ, दुरा, राई÷सुनुवार, मैथिली, लिम्बू, भोजपुरी, अवधी लगायतका आदिबासी–जनजातिहरुले आफ्नो मातृभाषा तथा सम्बन्धि जातको संस्कृति समेटिएर नेपाली भाषामा रेकर्ड भएका गीत–सङ्गीतबाट र उल्लेखित भाषामा निर्माण भएका चलचित्रबाट आ–आफ्नो विधामा फारम भर्न सक्ने छन् ।

यसैगरी यो अवार्डका लागि गीत–सङ्गीततर्फ गीत, गायक, गायिका, नव गायक÷गायिका, गीतकार, संगीत संयोजक, सङ्गीतकार, म्युजिक भिडियो निर्देशक, नव मोडल पुरुष÷महिला, छायाकार, सम्पादक, शृङ्गार, भेषभूषा, मिक्सिङ र वाद्यवादनलगायतका विविध विधा एवं चलचित्रतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, सङ्गीत संयोजक, सङ्गीतकार, गीतकार, गायकरगायिका, छायाकार, सम्पादक, पाश्र्व संगीतकार, सृँगार, भेषभूषा, रँग सँयोजन जस्ता विधाका सर्जक, कलाकार र प्राविधिकहरुले अवार्ड प्रतिस्पर्धाका लागि फारम भर्न सक्ने छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending