जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ ।
पालिकाको आफ्नो परिसरमा बिरुवा उत्पादनको काम भइरहेको र यस कार्यलाई अभियानका रुपमा प्रभावकारी बनाइने पनि पालिकाले जनाएको छ । श्रमदानअन्तर्गत पालिका परिसरभित्र तत्कालका लागि ६५ वटा स्याउका बिरुवा रोपिएको र यो अभियानलाई अझै बढाउँदै लगिने बताइएको छ ।
पालिकाको श्रमदानबाट स्थानीय जातका स्याउका बिरुवा लगाउने काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । पालिका परिसरको वातावरण हरियाली बनाउने र अबको पाँच वर्षपछि सेवा लिन आएका सेवाग्राहीलाई स्याउ टिपेर खानसक्ने गरी बिरुवा रोपिएको छ ।
अध्यक्ष चौलागाईंले भने, “हामीले विभिन्न क्षेत्रमा श्रमदान गरी काम गरिरहेका छौँ । श्रमदानले टुक्रे योजनामा लगानी गर्नुपर्ने रकम बचेको छ । यस पटकको श्रमदानबाट गाउँपालिका परिसरको जमिनमा स्याउका बिरुवा रोपिएको हो ।”
पहिलो चरणका स्याउका बिरुवा रोप्न उच्च अदालत सुर्खेत इजलास जुम्लाका न्यायाधीश जगदीश घिमिरे, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल, गाउँपालिकाका अध्यक्ष चौलागाईं, उपाध्यक्ष रेवती रावल, वडा अध्यक्षहरु, कर्मचारी, शिक्षक र पत्रकारहरु उपस्थिति थिए ।
गाउँपालिकाले श्रमदान अभियानबाट बाढी पहिराले भत्केका तथा पुरिएका सिँचाइ कुलो, मठमन्दिर, प्रतीक्षालय र बाटोघाटो निर्माणको काम विगत नौ महिनादेखि गर्दै आएको छ । स–साना योजना श्रमदान अभियानमार्फत निर्माण तथा मर्मत गर्दा स्थानीय सरकारको रकम बचत भएको अध्यक्ष चौलागाईंको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...




प्रतिकृया लेख्नुहोस्: