काठमाडाैं । 'पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार' भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना गरिएको मेला फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो ।
कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो । काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको ११ देशका कलाकारले बसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुती दिएका थिए।
दाङको घोराही बजार, काठमाडौंको असन ईन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजुक्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ-आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाकी प्रदर्शन गरेको मेला १० लाख भन्दा बढीले प्रतक्ष्य अबलोकन गरेको एभरेष्ट नेपाल कल्चरल ग्रुपको दाबी छ।
विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिने यस मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न गरिएको हो।
उद्घाटन सत्रमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला साथमा नेपाल टेलिकमका संम्योजक डा. आरसी कोइराला रामचन्द्रले भने “हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छू ‘यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेु हाम्रो विश्वास लिएका छौ, कोइरालाले भने ।
१२ औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको स्थानिय आयोजक दाङ उध्योग बणिज्य संघ, नेपाल उध्योग बणिज्य महासंघ गण्डकी प्रदेश, वज्र कला कुन्ज, लालीगुराँस नेशनल एकेडेमीलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप हृदय देखी धन्यवाद दिन चाहन्छ साथै नेपाल टेलिकम लगाएत बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिक, ललितपुर महानगरपालिक, नेपाल संगीत नाट्य एकेडेमी साथै बिभिन्न अन्तर्राष्ट्रिय संघसस्थाहरु। बिभिन्न संचारगृहहरु, संचार माध्यमहरु लगएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप नमन गर्दछ।
१३औ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा पुन भेट्ने गरी सम्पूर्ण कलाकारहरुलाई बिदा गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: