काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।
यसपटक सरकारमा रोजेरै मन्त्रालय लिएको र काम गरेर देखाउने उनको भनाइ छ । उनले भने– ‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौं, काम देखाउन आएका हौं ।’ ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा रहेको बताउँदै उनले भने,– ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं, प्रश्न गर्यौं । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौं ।’
वाग्लेले अगाडि भने, ‘सुशासन र युवाकेन्द्रित मन्त्रालयहरु रोजेरै लिएका छौं, गर्न नसकेका दिन आफैं बाहिरिन्छौं, प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौं, उहाँले हामीलाई गलहत्याउन पर्दैन ।’ रास्वपालाई अहिले नै सरकारमा नगएको भए हुन्थ्यो, पुराना दलहरुसँग सहकार्य नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको भन्दै उपसभापति वाग्लेले राजनीतिमा अनुभव र नयाँपन दुबैथरिको उत्तिकै महत्व हुने जवाफ दिए ।
भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीलगायत विश्वका विभिन्न नेताको उदाहरण दिँदै उनले सरकारको नेतृत्व गर्न मन्त्री भएर अनुभव लिँदा फाइदा हुने आशय व्यक्त गरे । ‘फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीले चासो राख्न सक्नुहुन्छ तर सन्तुलन कसरी मिलाउने भन्ने कुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छाडिदिनुहोला’, वाग्लेले भने ।
राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भन्दै उनले चेस खेल्न बसेपछि गोटी चाल्नैपर्ने बताए । ‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, उँट, घोडा, हात्ती, रानी, पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेक मेट गर्ने अवस्थासम्म हामी पुग्न चाहन्छौं’, वाग्लेले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: