Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिक रुपमा पर्यटक राख्ने गरेको गुनासो

खबरडबली संवाददाता

लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् ।

विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्था स्थायीरुपमा रोक लगाउन व्यवसायीले माग गरेका छन् । 

लुम्बिनी होटल सङ्घ, नेपालले मंगलबार लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र स्थायीरुपमा समाधान गर्न ठोस कार्य अगाडि बढाउन आग्रह गरेको छ । सङ्घका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले विहार तथा गुम्बा गुरुयोजना क्षेत्र बाहिर रहेका होटलसँग व्यावसायिक प्रतिस्पर्धा गर्दै पर्यटक राख्ने ठाउँमा फेरिएको बताए । 

“विहार र गुम्बा भनिने ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन, व्यापारको थलो बनेका छन्”, उनले भने, “यस खालको अनियमितता र गुरुयोजनाको मर्मविपरीतको कार्य नरोकिँदा निजी क्षेत्रको लगानी र व्यवसायलाई सङ्कटमा पुर्‍याएको छ ।”

अध्यक्ष ज्ञवालीले विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेका लुम्बिनी क्षेत्रका होटलमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायीरुपमा बन्द भएको र यस वर्ष थप होटल बन्द हुने अवस्थामा पुगेका बताए । सङ्घका महासचिव पुरुषोत्तम अर्यालले विहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताए । 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई मार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाइएको महासचिव अर्यालले जानकारी दिए । 

ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनैरुपमा सम्बोधन गर्नुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending