Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मेयर बालेनले ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

खबरडबली संवाददाता

काठमाडौं । रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् ।
प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिँदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ ।

फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ । विशेषगरी फिल्मको दिवा र रात्री शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन् । फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलिका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यापार गर्ने देखिएको छ । तर, फिल्मले दोस्रो सातामा जति शोज पाएको छ, सबै शोजमा दर्शकको अकुपेन्सी राम्रो छ ।

प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन् । कतिले फिल्म बुलन्द भनेका छन् भने कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन् । यही कारण हलमा दर्शक पनि बढिरहेका हुन् ।

यस्तै, नेपालपछि अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरुले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । यो फिल्मले अष्ट्रेलियामा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ ।

दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एक खालको चासोको विषय बनाइदिएको पाइन्छ ।

यतिबेला हलमा स्वदेशी र विदेशी सहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । यसका बावजूद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन । दोस्रो हप्तामा देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको छ । कति हलहरुले अन्य फिल्मलाई भन्दा बढी शोज ‘अगस्त्य’लाई प्रदान गरेका छन् ।

देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई देशभर १९ शो दिएको छ । कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत देखिएको छ । विशेषगरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित शनिबार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा पुगेका थिए ।

फिल्म हेरेर मेयर बालेनले निर्देशको चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ’च्याप्टर २’का लागि उत्साहित भएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending