विराटनगर । विराटनगर महानगरपालिकाले विभिन्न सङ्घ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्ने भएको छ । आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृह नजिकै इको फन पार्कमा लाग्ने सो मेलामा ४० वटा पक्ष रहने बताइएको छ ।
प्रारम्भमा १५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सकिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले पहिलोपटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभिन्न सङ्घ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदातालाई कस्तो किसिमको जनशक्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सजिलो भएको भन्दै दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवा प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने चर्चा गरे ।
प्रमुख कोइरालाले “हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ लक्ष्यबमोजिम मेलाले युवाको आवश्यकता र चाहना पूरा गर्ने विश्वास व्यक्त गरे ।
मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्नसक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमूना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भई सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: