बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् ।
रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए । उनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले रङ्गशाला निर्माणमा चासो नदेखाएको आरोप लगाए ।
राप्ती सोनारी–५ बिनौनास्थित भुवर भवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले राप्ती सोनारी रङ्गशाला निर्माण भए गाउँस्तरबाट खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताए । व्यवस्थित रङ्गशाला नहुँदा विद्यार्थीले खेलकुदका अभ्यास गर्न नपाएको उनको भनाइ छ ।
राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रङ्गशाला निर्माणमा ठूलो बजेटको आवश्यकता भएको बताए । “विगतका वर्षमा आएको बजेटले वाल लगाउने काम भएको छ, ठूलो बजेटको आवश्यकता छ थोरै आउँछ”, देवकोटाले भने, “यो आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन भएको छ, त्यसबाट मर्मतसम्भारको काम गर्ने तयारी गरेका छाँैँ ।”
यस वर्ष राप्ती सोनारी रङ्गशालामा आएको रु १५ लाख बजेटमा माटो पटानलगायत काम हुने भएको छ । रङ्गशाला भित्रै रहेका रूख कटानका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । गाउँपालिका अध्यक्ष तप्त पौडेलले आगामी वर्षमा रङ्गशाला निर्माणका लागि गाउँपालिकाबाट पनि बजेट विनियोजन गर्ने र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने बताए ।
बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले अलपत्र अवस्थामा रहेको राप्ती सोनारी रङ्गशालालाई पूर्णता दिँदै नरैनापुर रङ्गशाला र कोहलपुरमा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजनका लागि आफूले पहल गरिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: